हकप्रद शेयरले पुँजीबजारमा असर

आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति शेयरबजार मैत्री आउने अपेक्षा थियो , तर ठीक उल्टो भयो । मौद्रिक नीतिमा लगानिकर्ताहरुको केही पनि माग सम्बोधन गरिएन । नयाँ मौद्रिक नीति सार्बजनिक भए देखि शेयरबजार नेप्से झन घटेको देखिन्छ । यसकारणले कतिपले त महाप्रसाद अधिकारी गभर्नर पदमा रहेसम्म शेयरबजार उकालो लाग्दैन भनेर ठोकुवा समेत गर्ने गरेका छन् । कतिपय त गभर्नर अधिकारीको पदाबधि कति समय बाँकि रहेको छ भनेर सोधखोज गर्दै दिन गनेर पर्खेका छन् ।

नरेन्द्रमान श्रेष्ठ

साधारणतया हकप्रद शेयर भन्नले आफ्ना साबिकका शेयरधनीहरुलाइ थप अतिरिक्त शेयर जारि गर्ने भनेर भन्ने गरिएको छ । कुनै पनि कम्पनीहरुले हकप्रद शेयर जारी गर्दा साबिकका शेयरधनीहरुले मात्र भर्न पाउँछन् । खासगरी हकप्रद शेयरहरु कम्पनीको पँुजी बृद्धि गर्नको लागि जारि गर्ने गर्ने गरिन्छ भन्दा फरक नपर्ला । तर पछिल्लो समयमा भने धेरै जसो हाइड्रो कम्पनिहरुले आफ्नो ऋण तिर्नको लागि हकप्रद शेयर निष्काशन गर्ने गरेका छन । त्यसोत हकप्रद शेयर जारी गरेका कम्पनीहरुको भनाइमा ऋण तिरे पछि कम्पनिले गरेको फाइदा–लाभ शेयरधनीहरुले नै पाउने हुन् । हकप्रद शेयरको न्युनतम मुल्य पनि साधारणतया रु एक सय नै हुने गर्छ ।

हकप्रद शेयरहरु जारी गर्नको लागि कम्पनीको साधारण सभाबाट बहुमतले अनुमोदन गर्नु पर्दछ । तर पनि केहि कम्पनीहरुले हकप्रद शेयरहरु जारि गर्न सकिरहेका छैनन् । कुनै पनि कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्दा नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्ने हुन्छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति नदिएसम्म हकप्रद शेयर निष्काशन गर्न नपाइने भएकोले होला हकप्रद शेयरहरु निष्काशन गर्ने घोषणा गरेका केहि कम्पनीहरुले हकप्रद शेयरहरु निष्काशन गर्न सकिरहेका छैनन् । त्यसोत कुनै पनि कम्पनिहरुले हकप्रद शेयर जारी गर्ने निर्णय मात्रै गर्दा पनि बजारमा शेयरको मुल्यमा प्रत्यक्ष प्रभाब पर्न थाल्छ । शेयरको मुल्य कहिलेकाँही अस्वभाबिक रुपमा घट्ने बढ्ने गर्छ ।

पछिल्लो समयमा शेयर बजारमा बिभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयरहरु जारी गर्ने घोषणाहरु गरिरहेका छन । हकप्रद शेयर जारी गर्नेमध्ये खासगरी हाइड्रोपावर कम्पनीहरु धेरै छन । सामान्यतया कम्पनीहरुले आ– आफ्नो पँुजि बृद्धि गर्नको लागि हकप्रद शेयर जारी गर्छन् । यसैगरी नियामक निकायहरुले दवाब दिएमा निर्देशन दिएमा धेरै जसो कम्पनीहरुले हकप्रद शेयरहरु निष्काशन गर्छन् । तर पछिल्लो समयमा हकप्रद शेयर जारी गर्ने गरेका हाइड्रोपावर कम्पनीहरुले न आफ्नो पुँजीवृद्धी गर्न हकप्रद शेयर जारी गरेका हुन् , न नियामक सिनकायको दवावमा । उनीहरुले त आफ्नो लोन तिर्नको लागि भनेर हकप्रद शेयरहरु जारी गर्ने गरिरहेका छन ।

अहिले सिनर्जि पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गरेको छ । अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गरेको छ । यसैगरी अरुण–काबेली हाइड्रोपावर कम्पनीले शत प्रतिशत , अपर तामाकोशीले शत प्रतिशत हकप्रद शेयर जारी गरेका छन् । मल्टिप्रपोज फइनान्स कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर जारी गरेको छ । बरुण हाइड्रोपावर, ङादी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर कम्पनीहरु निकट भबिष्यमा हकप्रद शेयर जारी गर्ने तयारीमा रहेका छन ।

यतिबेला शेयरबजार सुस्त छ । केहीवर्ष देखि नै शेयरबजारले गति लिन सकिरहेको छैन नेप्से १८ सय अंक र २२ सय अंकमा कृष्ण भगवानको चक्र जस्तै घुमिरहेको छ । कारोबार रकम पनि करोडमा झरिसकेको छ । कतिपयको भनाइमा हकप्रद शेयरको बाढिले गर्दा शेयरबजारले गति लिन नसकेके हो । धेरै जसो लगानिकर्ताहरुको भनाइमा हकप्रद शेयर भर्नको लागि रकम जोहो गर्नु परेकोले घटेको बजारमा पनि शेयर बेच्न परिरहेको छ । लगानिकर्ताहरुले हकप्रद शेयर भर्नको लागि रकम छुट्याउन पर्ने भएकोले पनि शेयरबजारमा लगानिगर्न नसकिरहेका हुन् । यसले पनि शेयरबजारमा असर गरेको देखिन्छ ।

एकातिर हाइडोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयरहरु जारी गरिहेका छन् भने अर्कोतिर हाइड्रोपावर कम्पनीहरुका प्राथमिक शेयरहरु पनि धमाधम जारी भइरहेका छन् । पछिल्लो समयमा त हाइड्रोपावर कम्पनीहरुको प्राथमिक शेयर पनि प्रिमियममा जारी भइरहेका छन् । अहिलेनै नेप्सेमा लगभग ७ दर्जन जति हाइड्रो पावर कम्पनिहरु सुचिकृत भएको सरोकारवालाहरु बताउँछन । त्यसोत हकप्रद शेयरहरु जारी भइरहेता पनि सबै हकप्रद शेयरहरु बिक्रि हुने गरेका छैनन् भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा हकप्रद शेयर जारी गरेको नेशनल हाइडोपावर कम्पनीको १३ लाख भन्दा बढि हकप्रद शेयरहरु बिक्रि भएन । बिक्री नभएको हकप्रद शेयरहरु लिलामीबाट सर्बसाधारणलाइ बिक्री गर्न थालियो ।

त्यसगरी पँुजी बृद्धि गर्नको लागि केहि बीमा कम्पनीहरु पनि हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको बताइन्छ । पछिल्लो समयमा हकप्रद शेयर जारी गरेका केहि हाइड्रोपावर कम्पनीहरुले शेयरधनीहरुलाई लाभांश समेत दिन सकिरहेका छैनन् । केहि हाइड्रोपावर कम्पनीले त १५ बर्ष भइस सक्दा पनि भएता शेयरधनीहरुलाई १ रुपियाँ पनि लाभाश दिएका छैनन् । तर शत प्रतिशत हकप्रद शेयर जारी गरेका छन् । यस्तो गर्दा शेयरधनीहरु असन्तुष्ट छन् । यस्तो प्रवृत्तिले शेयरबजारमा असर त गरेको छ नै । शेयरको भाउमा घट्नमा पनि मद्दत गरेको छ । हकप्रद शेयरले गर्दा शेयरधनीहरुसग शेयरको थुप्रो हुने भएकोले यसले बजारमा बिक्री चाप बढ्ने गरेको देखिन्छ ।

त्यसोत धेरैजसो हाइड्रोपावर कम्पनीहरुको शेयरको भाउ फेसभ्यालुसम्म आउनको लागि बैकुण्ठ मानान्धर जसरी दगुरिरहेका छन । पछिल्लो समयमा शेयरबजार उकालो लाग्न नसक्नुको मुख्य कारण हकप्रद शेयरको बाढी त हुँदै हाो । त्यस बाहेक अरु पनि थुप्रै कारणहरु छन् । धमाधम प्राथमिक शेयर जारी हुनु , ब्याजदर नियामक निकायहरुको अटेरीपन हावीहुनु, । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रति विश्वास टुट्नु लगायत धेरै कारणहरु छन् ।

आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति शेयरबजार मैत्री आउने अपेक्षा थियो , तर ठीक उल्टो भयो । मौद्रिक नीतिमा लगानिकर्ताहरुको केही पनि माग सम्बोधन गरिएन । नयाँ मौद्रिक नीति सार्बजनिक भए देखि शेयरबजार नेप्से झन घटेको देखिन्छ । यसकारणले कतिपले त महाप्रसाद अधिकारी गभर्नर पदमा रहेसम्म शेयरबजार उकालो लाग्दैन भनेर ठोकुवा समेत गर्ने गरेका छन् । कतिपय त गभर्नर अधिकारीको पदाबधि कति समय बाँकि रहेको छ भनेर सोधखोज गर्दै दिन गनेर पर्खेका छन् ।

प्रतिक्रिया