काठमाडाैं । एनएमबी बैंकको क्युआर कोड राख्दा बिनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउन सकिने भएको छ । बैंकले सजिलो क्युआर कर्जा कार्यक्रम अन्तर्गत यस्तो सुविधा ल्याएको हो । यो सुविधा आफ्नो व्यापार तथा व्यवसायको अनलाइन भुक्तानीका लागि एनएमबी बैंकको क्युआर कोड राख्नेहरूले मात्रै पाउने छन् ।
यस्तो कर्जा धितोबिना मात्र नभई छिटो, आवश्यक कागजात झन्झट बिना डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने एनएमबी बैंक नेपालगञ्ज शाखाको लोन शाखाका कर्मचारी पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार यसका लागि व्यवसाय एकल स्वामित्व तथा साझेदारीमा सञ्चालित व्यवसायिक कम्पनीको रूपमा रहेको हुनुपर्छ ।
साथै एनएमबी क्युआरमार्फत कम्तीमा एक वर्षदेखि सक्रियता पूर्वक कारोबार गरेको र प्रमाणित केवाईसीसहित एनएमबी बैंकमा खाता समेत खोलेको हुनुपर्छ । तर अन्य कागजात भने आवश्यक नपर्ने बैंकले जनाएको छ । तीन महिनादेखि बढीमा २४ महिनासम्मका लागि यस्तो कर्जा उपलब्ध हुनेछ ।
प्रतिक्रिया