काठमाडौं । ग्लोबल आइएमई बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमकाबीच काठमाडौंको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । अब बैंकका ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् ।
उक्त सेवाको उद्घाटन बैंकका अध्यक्ष ढकालले ग्लोबल बैंकले आफ्ना ग्राहकहरुलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताए । उनले मेसिन जडानसँगै बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्नेमा जोड दिए ।
अध्यक्ष ढकालले ग्राहकलाई डिजिटल रुपमा छिटो सेवा दिने कार्य अन्तर्गत मेसिनबाटै चेक र नगद जम्मा गर्ने कार्यको शुरुवात भएको बताए । बैंक पुँजी, सेवा, टेक्नोलोजी, नेटवर्क र पहुँचलगायत हरेक हिसावले नम्बर एक बैंक बन्ने उद्देश्यका साथ अघि बढीरहेको पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया