नेपाल र नेपालीको लागि राजनीतिक बहस

हाम्रो देशका राजनीतिक दलले विभिन्न कालमा विभिन्न किसिमका मुद्दा उठाएर देशलाई राणा शासनबाट राजतन्त्र, राजतन्त्रबाट पन्चायत व्यवस्था, पन्चायती व्यवस्था पछि लोकतन्त्र र अहिले लोकतन्त्रबाट संघिय गन्तान्त्रात्मक राज्यमा क्रमशः परिणत गराउन सफल भए । यी व्यवस्थाहरुलाई संस्थागत गर्न र आमूल परिवर्तन ल्याउन कयौ हाम्रा सपुत नेपालीहरुले आफ्नो ज्यानको आहुति दिएर वीर सहिद बने । कैयौ हाम्रा पुर्खाहरुले आफ्नो ज्यानको आहुति दिए पनि यो देशको ईतिहासमा नाम पनि दर्ज हुन सकेन ।

यस अवधीमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, मधेशी फोरम, जनता समाजबादी पार्टी, लोसपा आदी विभिन्न पार्टीहरूका जन्म भए र ती पार्टीले विभिन्न समयमा उदयमान सँगै आफ्ना पार्टीका मुद्दाहरू र चुनावी मुद्दाहरू बनाए र जनमानसमा गए । ती मुद्दाको अधारमा चुनावमा राम्रो मत ल्याएर जनताको सेवा गर्ने मौका पनि पाए तर जनतले वास्तविक रूपमा एउटा जन सेवक नेता पाउन सकेनन्, देशले जनसेवक सरकार पाउन सकेन । जनताले आखा चिम्लेर नेता र देशका व्यवस्था माथी विश्वाश गर्न सक्ने अवस्था र्न सिर्जना भएन । अरु देशले चाँद पछि मंगल ग्रहमा कसरी बास गर्ने भने अनुसन्धानमा लागेका छन । हाम्रै छिमेकी भारतले चन्द्रमामा यान पठाउन सफल भए लगतै सुर्यको अनुसन्धान गर्न आदित्या लुना १ प्रक्षेपण गरेको छ । तर हामी नेपाली भने अहिले वादकै कुरामा अल्झि शिक्षा स्वास्थ्य तथा रोजगारी जस्ता फन्डामेन्टल कुरा लिन र दिन सकेका छैनौ । अनि कुरा भने ठुला ठुला गर्छौ ।

यो राजनीति हो कि लाजनीनि ? यो लाजनिति कहिले सम्म चल्ने हो, नेताज्युहरु ? युवालाई देश छोड्न नपर्ने वातावरण बनाउन पहल गरेका छौं भन्ने मन्त्रीहरु ज्युहरुले पत्रपत्रिकामा सामाचारको हेडलाईन बनाउन मात्र लाग्नु भयो । तर नीति र कार्यन्वयनमा भने शुन्य आखिर किन ? जनताको प्रश्न छ मन्त्रीज्युहरु । समस्या कहाँ र किन भयो ? अब जानता जान्न चाहन्छन ।

देश र देशबासीलाई सबल बनाउन हामी कहाँ चुक्यौ ? किन व्यवस्था मात्रै फेरीए, देशको अवस्था किन फेरीएन ? देशले विकासका सही गति पक्रन नसक्नुका कारण के के हुन ? त्यसका सामाधान कसरी हुन सकिन्छ ? विश्वका उदहारणीय देशहरुले कसरी समृद्धि हासिल गरे ? नेपाल र नेपालीको नेताहरुले त्यसबाट के सिक्ने ? देश निर्माणमा राजनीति दल र कर्मचारीहरुले कहाँ चुक्यो ? यी र यस्ता कयौ प्रश्नहरुको जवाफ जनतालाई दिनै पर्दछ । अब जनताले पनि आफ्ना नेता सँग यी र यस्ता प्रश्न सोध्ने समय पनि आईसकेको छ ।

नागरिकको जिवन सँग सम्बन्धित मुद्दा नै भएन । हाम्रा नेता तथा यस देशका राजनितिक दलहरूले देशको जनातारहरूको दैनिकि सँग सम्बन्धित मुद्दाहरू नै राष्ट्रिय मुद्दा बनाउन सकेन । मात्र समाजबाद, साम्यवाद, कम्युनिजम, लगायत के के बाद के के बादमा मात्र फसियो फसायो र जनताहरूलाई ललिपप देखाए जस्तै ठगिदै आयो । जनता पनि उनिहरूका विभिन्न झुठा मुद्दाहरूमा विश्वास गरी फस्दै गए । अरूको नक्कल गरेर हैन कि हामी नेपालीले नेपालमै के के गर्न सक्छौ ? नागरिकको जिवन सँग सम्बन्धीत मुद्दाहरू के के हुन सक्छनु ? कहिल्यै पनि सोचेनौ, । कहिल्यै त्यस विषय प्रति ध्यान दिन सकेनौ ।

व्यवस्था परिवर्तन भए पनि पात्र र प्रवृत्ति उही छ । अनि आश गर्छौ अवस्था परिवर्तनको । जसबाट जनताहरूले लोकतन्त्र पाए, गणतन्त्र पाए तर नेपालीलाई सुखि बनाउने व्यहारको तन्त्र पाएन । जनताले अब समाजबाद, कम्युनिजम, साम्यवाद जस्ता वाद खोजेका छैनन्, गन्त्तन्त्रको विकल्प राजतन्त्र पनि खोजेका छैनन् । जनताहरूले त ‘शिक्षावाद, स्वास्थ्यवाद, रोजगारवाद’ खोजेका छन् । जनत महंगी कम गर्ने बादको खोजीमा छन् । जनताहरुले आफ्नो स्वास्थ्य सेवा कसरी राज्यबाट भरपर्दो पाउन सकिन्छ स्वास्थ्यबाद खोजेका छन । आफुले तिरेको करबाट राज्यले राम्रो, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य, शिक्षा निशुल्क मिलाओस भन्ने वादको खोजीमा जनता छन । जनता सुरक्षाबादको खोजीमा छन्, ताकी हरेक देशबासीहरु ढुक्क भएर देशको कुनै कुनामा गएर सुरक्षित बसोबास गर्न सकुन, हाम्रा चेलीबेटीहरु निर्धक्क भएर घर फर्किन सकुन । देशबासीले जात र रंगको राजनीति खोजेका छैनन् । देशमा कसरी हिमाली, पहाडी र मधेसी एक ठाउँमा मिलेर बस्न सकिन्छ भन्ने खोजेका छन् ।

देशका कर्णधार भनिने बाल बालिकाहरु १२ सकेपछि विदाई हुने समयमा आफ्नो सर्टमा खाडीमा भेटौला भनेर लेख्न बाध्य भएका छन । यो कुरा हामी नेपालीका लागि चिन्ताको विषय हो । नेपाल बासीहरुको लागि यो भन्दा अरु के नै दुखको विषय हुन सक्छ ? प्राकृतिक लगायत अन्य स्रोत हुदा हुदै देशमा रोजगरीको अवस्था सृजना गर्न सकिरहेको छैन । यो भन्दा ठुलो बिडम्बना के नै हुन सक्छ ? जुन देशमा प्राकृतिक स्रोत अपार रहे तापनि देशको विकास गर्न धौउ धौउ पर्ने अवस्था छ । देशको स्वभिमान र सम्मानमा आँच आउन सक्ने अवस्था पनि विद्यमान छ । हामी कहाँनिर फसी रहेका छौ ? यो कुराको मुल्यांकन हामीले कहिले गर्ने ? हाम्रा नेतृत्वकर्ताको कारणले गर्दा बारम्बार हामीले छिमेकी मुलुक सँगको नराम्रो व्यवहार बेहोर्नु परेको छ । छिमेकी मुलुकहरु भारत र चीनले हाम्रो देशको हिस्सालाई अतिक्रमण गर्दा र गर्न खोज्दा हाम्रा नेताहरुले छिमेकी किन वर्ता गर्न सक्दैनन्ु ? आखिर कारण के ? यसको जवाफ सबै जनतालाई चाहिन्छ ।

हाम्रा बहस कृषिको लागि कृषिबादमा आधारित हुनु पर्दथ्यो, जुन देशका मानिसहरु कृषि क्षेत्रमा आधारित छन, शिक्षाबादमा हुनु पर्दथ्यो, हाम्रो बहस रोजगारीको विषयमा हुनु पर्दथ्यो, तर हाम्रा देशका नेताले विभिन्न कल करखाना खोल्नुको सट्टामा बन्द गरिदए । रौतहटको मध्य भागमा रहेको श्री राम सुगर मिल्स बन्द हुदा प्रत्यक्ष अप्रत्यक्ष गरी २ हजार भन्दा किसान तथा मजदुरको रोजगारी खोसिएको छ । तर यो विषयमा हाम्रा नेताहरुले सदनमा आफ्नो अवाज उठाउदैनन् । बहस स्वास्थ्यको विषयमा हुनु पर्दथ्यो ,खानेपानीको विषयमा हुनु पर्दथ्यो, विजुलीको बारेमा राम्रो बहस हुनुपर्दथ्यो ,विकासको मोडेलमा हुनु पर्दथ्यो, महंगीको विषयमा हुनु पर्दथ्यो ।

पार्टीका नेता जनता ठग्ने मुद्दाहरूमा उल्झिएका छन् । सरकार बनाउने सरकार ढाल्ने प्रक्रृयामा मात्र फसेका छन् न कि जनताको समस्या समाधान गर्नमा । यसरी हाम्रो देशको विकास गर्न सकिदैन । आज हामी नेपाली जन्मिने वितिकै ऋणी बनिरहेका छौ । आज हामी नेपाली आफ्नो परिवार चलाउनको लागि कामको जोहो गर्न विदेशिनु परेको छ । यसमा ती जन्मिने बच्चको के दोष जो नेपालमा जन्मिने वितिकै अरु देशको ऋणी बनेर जन्मिनु परेको छ । त्यो आम नागरिकको के दोष जसले आफ्नो परिवारको जोहो गर्न विदेशीनु परेको छ । ति निमुखा जनताको के दोष जो कामको जोहोमा र आफ्नो देशमा रोजगारी नपाएर विदेश सपना लिएर गए पनि त्यहाँबाट बन्द बाकसमा आउनु परेको छ । यसको पूर्ण जिम्मेवार नेता नै हुन, जसले चुनावको वेलामा मिठा मिठा कुरा गरेर जनतालाई लोभ्याउने काम गर्छन् र पछि देश नै लुट्नमा व्यस्त हुन्छन् ।

अब जो बैकल्पिक पार्टी भन्दै जनताको विश्वासलाई जितेर सदनमा पुगेका छन उनीहरुले पनि यो पाँच वर्षको समय भरी मात्र भाषण मै विताए भने ०८४ सालमा पक्कै पनि कुनै न कुनै ठोस कदम उठाउन जनता बाध्य हुनेछन । त्यसले गर्दा मधेसमा उदाएको जनमत पार्टी र पहाडमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अब भाषणको कुरा छाडेर जनताको दैनिकि सँग जोडिएका हरेक समस्याको सामाधानको तर्खरमा लाग्नु पर्छ । सत्ता र प्रतिपक्षको कुराले मात्र देशबासीको समस्या सामाधान हुनेबाला छैन । सत्ता वा प्रतिपक्षमा हुदै गर्दा डेलिभरीको राजनीति सुरुवात होस । किन कि जनताले तपाईहरुलाई पनि बाहिरबाट राम्रो सँग नियालेर हेरी रहेका छन् । अब तपाईहरुलाई पनि छुट छैन ।

प्रतिक्रिया