एशिया कप : भारतसँग नेपाल पराजित

काठमाडौं । भारतले नेपाललाई १० विकेटले पराजित गर्दै एशिया कपको सुपर चारमा पुगेको छ । सोमबार राति सम्पन्न वर्षाले प्रभावित खेलमा भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाएर पाएको १४५ रनको लक्ष्य पुरा गरेको थियो । बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले अविजित ७४ रन बनाए भने शुभमन गीलले अविजित ६७ रन बनाए ।

यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए भने उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६५ रनको शानदार साझेदारी गरेका थिए । त्यस्तै कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए ।

Nepal’s captain Rohit Paudel (L) plays a shot during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Nepal at the Pallekele International Cricket Stadium in Kandy on September 4, 2023. (Photo by Ishara S. KODIKARA / AFP)

त्यस्तै सोमपाल कामीले उत्कृष्ट ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । सोमपालले दिपेन्द्र सिंह ऐरीसँग ५० रन र सन्दीप लामिछानेसँग ३४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसैगरी दिपेन्द्र सिंह ऐरी २७, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले २, गुलशन झाले २३, सन्दीप लामिछानेले ९ रन बनाएर आउट भएका थिए । त्यस्तै करण केसीले अविजित २ रन बनाए भने ललित राजबंशी शुन्यमा आउट भएका थिए ।

त्यस्तै भारतका बलर रविन्द्र जडेजा र मोहमद सिराजले ३-३ तथा मोहमद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए । योसँगै समुह ए बाट भारत र पाकिस्तान सुपर चारमा पुगेका छन् भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया