काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको छ । गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव मनाउने उद्देश्यले नेपाली महिलाहरूका लागि भाद्र १७ गते देखि आश्विन ५ गतेसम्मका लागी ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको हो ।
सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले परम्परागत पोशाकमा खिचेको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको ‘मेन्सन’ मा पोष्ट गर्नुपर्नेछ । फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछ र सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।
अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथम रु ३०००, द्वितीय रु २,००० र तृतीय –रु १,००० नगद उपहार प्रदान गरिने जनाइएको छ ।
प्रतिक्रिया