काठमाडौं । भदौ १७ देखि २२ सम्म हुने केटिएम एक्स्चेञ्ज क्याम्पमा आकर्षक प्रोत्साहन प्रदान गर्दै मोटरसाइकलका पारखीको उत्साहमा नयाँ उर्जा थपिने कम्पनीले जनाएको छ । काठमाडौंको नक्सालस्थित शोरुममा हुने मेलामा कुनै पनि ब्राण्डको पुरानो स्कुटर वा मोटरसाइकको मूल्यांकन गरेर नयाँ बाईकसँग साट्ने सुविधा प्रदान गरिनेछ ।
नयाँ बाईक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउनपेमेण्ट गरी ९९.९ प्रतिशत मात्र ब्याज तिरी यो स्टाईलिश बाईकलाई आफ्नो बनाउन सकिने सुबिधा उपलब्ध छ । नगदमै खरिद गर्न चाहनेका लागि १० हजार रुपैयाँ छुट अनि फाइनान्स सुबिधा लिनेका लागिसमेत ५ हजार छुटको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया