महिन्द्राको विद्युतीय गाडी ‘ट्रीयो झोर डीभी’ सार्वजनिक

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नेपाल इभी इन्टरनेसनल शो मा महिन्द्रा ‘ट्रीयो झोर डीभी’ नेपाली बजारमा ल्याएको छ ।

ट्रीयो झोर डीभी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान हो । महिन्द्रा ट्रीयो झोर डी भीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धताका साथ नेपाली बजारमा उपलब्ध छ ।

अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटका साथ, ट्रीयो झोर डेलिभरी भ्यान गेम चेन्जर हुन तयार भएर आएको दाबी गरेको छ ।

प्रतिक्रिया