नबिलले ल्यायो विशेष तीज अफर

काठमाडौं । नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेबापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफरअन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोली सुविधा प्रयोग गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया