राष्ट्र बैंक र आइएफसीबीच सम्झौता

काठमाडौं । नेपालको डिजीटल भुक्तानी प्रणाली बलियो बनाउन नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेल र आइएफसीको नेपालका लागि आवसीय प्रतिनिधी बाबाकर एस फेयले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार आईएफसीले नेपालको डिजिटल भुक्तानी प्रणालीका सम्बन्धमा विभिन्न अध्ययन गर्नुको साथैं र डिटिजल प्रणालीलाई बलियो बनाउन प्राविधिक सहायता गर्नेछ ।

नेपालको डिजिटल भुक्तानीलाईलाई बलियो बनाउन अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त र विश्वसनिच संस्थाबाट प्राविधिक सहायता लिन खोजेको भुक्तानी प्रणाली विभागका प्रमुख पौडेल बताएका छन् ।

आईएफसीले नेपालको भुक्तानी प्रणालीमा गर्नु पर्ने सुधार र थप विस्वसनिय बनाउन गर्नु पर्ने कामका विषयमा अध्ययन गर्ने जनाएको छ । आर्ईएफसीसँग पैसा लिने भन्दा पनि कर्मचारीको क्षमता विकास गर्ने र फिन टेकका क्षेत्रमा विकास भएका नयाँ प्रविधी र भुक्तानी प्रणालीका चुनौतिको विषयमा जानकारी लिने विषयलाई प्राथमिकता दिइने सम्झौतामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको चौथौं रणनीतिक योजनामा पनि नेपालको भुक्तानी प्रणालीमा सुधार गर्दै जाने विषय उल्लेख छ । उक्त रणनीतिक योजनाले निर्धारण गरेका लक्ष्य पुरा गर्न आइएफसीसँग सम्झौता गरिएको पौडेलले बताए । सम्झौता अनुसार आईएफसीले नेपला राष्ट्र बैंकलाई रेगुलटरी स्टाण्ड बक्स विकास गर्न सहयोग गर्ने छन् । फिन टेक कम्पनीले विकास गरेका नयाँ नयाँ प्रोडक्ड बजारमा सार्वजनिक गर्नु अगाडी परीक्षण गर्ने प्रणालीलाई रेगुलटरी स्टाण्ड बक्स भनिन्छ । फिनटेकका क्षेत्रमा नयाँ व्यक्ति र समुहले विकास गरेका प्रोडक्ट रेगुलटरी स्टाण्ड बक्समा परिक्षण गर्दा सफल भएमा मात्रै आम जनतामा सार्वजनिक गर्न अनुमति दिने गरिन्छ ।

हाल रेगुलटरी स्टाण्ड बक्स नहुँदा प्राय सबै फिन टेकले विकास गरेका प्रोडक्ट परीक्षण विना सार्वजनिक भएका छन् । धेरै देशमा काम गरिरहेको आईएफसीको सहयोगबाट नेपालको डिजिटल भुक्तनी प्रणाली बलियो हुने राष्ट्र बैंकको विश्वास छ ।

प्रतिक्रिया