रुकुम पश्चिम । आइतबार आएको हावाहुरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रका करिब तीन हजार हेक्टरमा लगाइएको मकै खेतीमा क्षति पुर्याएको छ। भर्खर पाक्दै गरेको मकै हावाहुरीले ढालेपछि किसान चिन्तित बनेका छन । यस क्षेत्रको मुख्य बालीका रुपमा रहेको मकैमा क्षति भएपछी क्षतिको मूल्यांकन गरी राहतका लागि स्थानीय सरकार र प्रशासन समक्ष अनुरोध गरेका छन ।
आठबिसकोट नगरपालिका– १,२,३ ,४,५ , ६ , ८ र ९ नम्वर वडामा सबैभन्दा बढी क्षति भएको छ । अन्य वडाहरुमा पनि वर्षा सहित आएको हावाहुरीले मकैमा क्षति पुर्याएको हो । आठबिसकोट करिब पाँच हजार परिवारले लगाएको मकै खेती हुरीले सखापपारेपछि पीडित किसानले राहातको अपेक्षा गरेका छन् । पिडित किसानहरुले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएको जनाएका छन् ।
उनीहरुले मकैमा क्षतिपुगेपछि खाद्यान्न संकट निम्तिने भन्दै राहत माग गरेको वडा नम्वर-३ का धननाम परियारले बताए । ‘वर्षभरि खाने मकै हावाहुरीले सखाप पारेपछि सरकारले दुःखमा साथ दिए हुन्थ्यो,’ उनले भने । मकैखेतीबाट खाना पुग्ने पाक्नै लागेको मकै ढलेपछी चिन्ता बढेको बताए ।
‘प्रशासनले क्षति हेरेर राहतदिए गरिबको घाउमा मल्हमपट्टी लाग्थ्यो’ वडा नम्वर-९ का कृषक नरदल खत्रीले भने । वडा नम्वर ९ मा लगाएको मकै ढ्ल्दा करिब ३० लाख बराबरको क्षति भएको खत्रीले जानकारी दिए । चमर खेल्न लागेको र कतै पाक्नै लागेको मकै हावाहुरीले ढालेर सखाप बनाएको उनले बताए ।
नगरपालिकाको पहाडा, खेत, स्याला, खदी, गोतामकोट, दाजे, बटालागाउँ लगायतका क्षेत्रमा सयौं किसानले लगाएको मकै बालीमा पूर्णरुपमाक्षति पुर्याएको छ । वर्षासँगै आएको हावाहुरीले आठबिसकोट नगरपालिका– ३ मा करिब तीन सय घरधुरीका मकै खेतीमा क्षति पुर्याएको जानकारी दिए । यता, वडा नं–९ बटालागाउँ सुन्दरपानी र आसपासका क्षेत्रमा पनि हावाहुरीले मकैको बोट सखाप पारेको वडाध्यक्ष जनकबहादुर बटालाले जानकारी दिए ।
विपद्ले मकै बालीमा पुर्याएको क्षति समस्या थाहा पाएकाले क्षतिको मूल्यांकन गरेर राहत रकमउपलब्ध गराउन आफू प्रतिबद्ध रहेको आठबिसकोटका नगरप्रमुख रवि केसीले बताए ।
रुकुम पश्चिम
प्रतिक्रिया