ठगिँदै कर्णालीका स्याउ किसान

जनगणना २०७८ को नतिजा अनुसार नेपालका धेरै जसो पहाडी जिल्लाको जनसंख्या १० बर्ष अघिको भन्दा पनि घटेको छ । तर तत्कालिन कर्णाली अन्चलका जिल्लाको जनसंख्या वृद्धि भने तराईका जिल्लाकै हाराहारीमा छ । भौगोलिक रुपमा निकै नै सुगम मानिने रामेछाप , खोटाङ, पर्वत लगायतका जिल्लाको जनसंख्या घट्दै जानु तर विकट मानिने कर्णाली क्षेत्रका जिल्लाको जनसंख्या बढ्दै जानुको कारण के होला ? भन्ने विषयमा विभिन्न तर्कहरु प्रस्तुत हुने गरेका छन् । कारणहरु धेरै होलान ।

तर यसमध्ये एउटा कारण हो –‘तत्कालिन कर्णाली अन्चलका जुम्ला , कालिकोट , मुगु , डोल्पा , हुम्ला लगायतका जिल्लामा फष्टाउँदो स्याउ खेति । कर्णाली क्षेत्रमा व्यवसायिक रुपमै स्याउ खेति हुन थालेको छ ।कर्णाली क्षेत्रमा हरेक वर्ष १० लाखका दरले स्याउका बिरुवा रोप्न थालिएको तथ्यांक छ । १५ वर्षअघि कर्णाली राजमार्ग खुलेपछि स्याउ रोप्ने लहर सुरु भएको हो । सुरुवाती वर्षमा रोपिएका स्याउका रुखहरुले १० वर्ष अघिदेखि नै उत्पादन दिन थालिसकेका छन् । ती रुख ठूला भइसकेकोले अहिले प्रशस्त फल दिन थालेका छन् । स्थानीय सरकारको अवधारणा कार्यान्वयन भए पछि एक घर एक बगैंचाको अभियान जारी छ । रोपेको तीन वर्षमै फल्ने विभिन्न जातका विरुवा किसानलाई उपलव्ध गराइएको छ । नयाँ रोप्ने र फल्ने क्रम बर्सेनि बढ्दो छ । जुम्ला जिल्लाको हकमा भन्ने हो भने करिब ९० प्रतिशत घरधुरीले स्याउ रोपेका छन् । सानाठूला गरी झन्डै २१ हजार बगैंचामा करिब ६४ लाख बोट रोपिसकिएको छ ।
भदौदेखि कात्तिकसम्मको तीन महिना स्याउको मुख्य सिजन हो । यो सिजनमा स्वदेशी स्याउले नै नेपाली बजारको माग थेग्न थालेको छ । छिटफुट रुपमा निर्यात समेत हुन थालेको छ । स्वदेशमा उत्पादन हुने स्याउमध्ये करिव ८० प्रतिशत हिस्सा कर्णाली प्रदेशको छ । स्याउ बेचेरै कतिपय कर्णालीबासीले संवृद्धी हासिल गरिसकेका छन् । १० वर्ष अघिको कर्णालीबासीको जीवन स्तर र अहिलेको कर्णालीबासीको जीवन स्तरमा निकै ठूलो परिवर्तन आइसकेको छ । तर स्याउ उत्पादक किसानले जुन अनुपातमा लाभ लिनु पर्ने हो , त्यो लिन सकिरहेका छैनन् । उदाहरणका लागि यतिबेला राजधानी काठमाडौंमा जुम्लाको स्याउको खुद्रा मुल्य प्रतिकेजी २ सय ५० रुपैंया छ । तर जुम्लाका किसानहरुले आफ्नो बगैंचाबाट प्रति केजी ५० रुपैंयाका दरले बेचिरहेका छन् । यति ठूलो मुल्य अन्तर कसरी भयो ? यहाँ भन्दा ठूलो विडम्वना अरु के हुनसक्छ ?

कर्णालीको एकमात्र प्रमुख निर्यातमुखी उत्पादन स्याउ हो । सडक यातायातको सुविधा पु¥याएर स्याउ खेतिको प्रवर्धन गरिए पछि कर्णाली क्षेत्रको गरिवी न्युनिकरण हुँदै गएको छ । यसका लागि सरकारलाई धन्यवाद दिनै पर्छ । स्थानीय जनताको मिहेनतको प्रतिफल हो यो । नेपालमा स्याउको माग सबै भन्दा धेरै हुने भनेको भदौदेखि कात्तिक सम्मका तीन महिनामा हो । किनकी यी तीन महिनामा धेरै चाड पर्वहरु पर्छन । विगतमा यी तीन महिना भित्र स्याउ आयत बापत अर्बौं रुपैंया विदेसिने गथ्र्यो । अहिले त्यो रकम स्वदेशमै रहेको छ । तर देशको बैदेसिक मुद्रा बचतमा उल्लेख्य योगदान पु¥याउने कर्णाली क्षेत्रका स्याउ किसान अहिले पनि नराम्रो सँग ठगिएका छन् । कोरोनाकाल भन्दा अगाडीका वर्षहरुमा यस्तै समस्या पर्दा केही किसानहरुले आँफैले सिधै काठमाडौं ल्याएर बेच्न थाले पछि काठमाडौंको बजारमा स्याउनको मुल्य ५० प्रतिशत घटेको थियो । किसानहरुले पनि दोब्बर फाइदा लिएका थिए । अहिले पनि त्यही विधि अपनाउन ढिला भइसकेको छ ।

यसका लागि संघीय सरकार , स्थानीय सरकार तथा प्रदेश सरकारले पनि विशेष पहल गरिदिनु पर्छ । राजधानी काठमाडौंका उपभोक्ताहरु पनि सचेत हुनु पर्ने जरुरी छ । केही दिन अघि गोलभेँडाका मुल्य प्रतिकेजी दुई सय रुपैंया पुग्ना साथ राजधानी काठमाडौंका सचेत उपभोक्ताले बहिस्कारको अभियान चलाए । यो अभियान चलाएको एक सातामै गोलभेँडाको मुल्य प्रतिकेजी १ सयमा झ¥यो । अब कर्णालीका किसान सँग ५० रुपैंयामा किनेर काठमाडौंमा २५० मा विक्रि गर्ने दलालहरुको स्याउ बहिस्कार गर्न सचेत उपभोक्ताले कत्ति पनि ढिलाई नगरुन ।

प्रतिक्रिया