भैंसीका अगाडि पुराण

साम्यवाद समाजवाद पुँजीवादको गफ छाँटेको मन पराउने तर तरकारी बारीमा मल नपाएर किसान तड्पी रहेकोे थाहा नपाउने । सुदुर पश्चिम नेपालको आधा नेपाली गाउँ खाली गरेर भारत पलायन हुँदै छ भनेर थाहा नपाउने, पढेलेखेका आफ्नै सन्तान आफ्नै छोराछोरी बिदेश पलायनको लागि दूतावास धाउँदै छ भन्ने थाहा नपाउने तर बालेनले क्या अडान लियो यार नेपालको नक्सामा भन्दै राष्ट्रवादको गफ जोधेर दिन कटाउने भुँई फुट्टा बर्ग नै आजको नेपालीको चरित्र हो ।

मोहन लामा रुम्बा

अहिले चल्दै गरेको हिन्दी फिल्म ‘गदर’ मा एउटा डाइलग रहेछ । फिल्मको हिरो शनि देवलले पाकिस्तानीलाई भन्दै रहेछ – ‘यदि पाकिस्तानीलाई भारतमा बस्नलाई आह्वान गर्ने हो भने चौबीस घण्टामा तेरो पाकिस्तान आधा खाली हुन्छ ।’ यो कुरा धेरै हदसम्म सत्य हो, पाकिस्तानको अर्थतन्त्र डावाडोल छ, जनताको आधारभूत आवश्यकता पुरा गर्न सकिरहेको छैन तर चुनावी मुद्दा हुन्छ त्यहाँ ‘कास्मिर’ कब्जाको । जसले कास्मिर खोसेर ल्याउछु भनेर हाँक दिन्छ चुनाव त्यसैले जित्छ ।

अमेरिका अष्ट्रेलिया क्यानाडाले नेपाली नागरिकलाई ‘फ्री’ भिसा दिने भनेर घोषणा गर्नुपर्छ, त्यो घोषणा गरेको धेरै होइन ६ महीना भित्र आधा नेपाल खाली हुन्छ, र त्यो बाँकी रहेकोे आधा नेपाली वृद्ध लुते लंगडो मात्रै हुन्छ । यो सत्य हो सबैलाई थाहा छ । सायद कसैले खण्डन पनि नगर्ला । यस्तो दारुण छ हाम्रो अवस्था ।

आजको राष्ट्रवाद आर्थिक र साँस्कृतिक हो । आर्थिक रूपमा विपन्न राष्ट्रको नागरिकले न त आफ्को संस्कृति जोगाउन सक्छ न त भूगोल जोगाउने हैसियत राख्छ । दक्षिण अफ्रिकाका नागरिकहरु कोही लामा बनेर ढ्याङ्ग्रो बजाउँदै गरेको कोही हरे राम हरे कृष्ण भन्दै भजन गाउँदै गरेको देख्छु । त्यो उनीहरुको आर्थिक विपन्नताको कारण हो अरु केही होइन । आज हाम्रो नेपालमा आमेन आमेन भन्नेको भिड बढ्दै छ त्यो पनि अरु केही होइन सिर्फ आर्थिक विपन्नता यसको जड कारण हो ।

हामीलाई आर्थिक रूपमा कसले कसरी खोक्रो पारिरहेको छ ? भनेर हामी कहिल्यै बहस गर्दैनौं, हामी कहिल्यै मुल मुद्दामा केन्द्रित हुने गर्दैनौ । किनभने हामीलाई ‘त्यस्तै मानसिकता’ को नेपाली बनाईएको छ ।

आर्थिक मुद्दामा चसो नदिने जमात बढ्दै गएको छ । केपी ओलीले कालापानीको नक्साको ठाउँमा भारत सँग वार्षिक १२ खरब रुपैंया ब्यापार घाटा भैरहेको मुद्दा उठाएको भए , नेपालको व्यापार घाटा बढ्ने सन्धि सम्झौता खारेजको मुद्दा उठाएको भए कोही कसैले चासो राख्ने थिएनन् कोही कसैले भोट दिने पनि थिएन ।

ससाना कुरै नगर्ने एकैपटक आधा भारत कब्जा गरेको कुरा सुन्न रुचाउने, अमेरिकालाई ध्वस्त गरेको सपना बुन्ने, युरोपेली युनियनलाई रसीयाले पछारेको जस्तो कल्पना गर्ने मानसिकता बनाइएको छ । साम्यवाद समाजवाद पुँजीवादको गफ छाँटेको मन पराउने तर तरकारी बारीमा मल नपाएर किसान तड्पी रहेकोे थाहा नपाउने । सुदुर पश्चिम् नेपालको आधा नेपाली गाउँ खाली गरेर भारत पलायन हुँदै छ भनेर थाहा नपाउने, पढेलेखेका आफ्नै सन्तान आफ्नै छोराछोरी बिदेश पलायनको लागि दूतावास धाउँदै छ भन्ने थाहा नपाउने तर बालेनले क्या अडान लियो यार नेपालको नक्सामा भन्दै राष्ट्रवादको गफ जोधेर दिन कटाउने भुँई फुट्टा बर्ग नै आजको नेपालीको चरित्र हो ।

त्यसैले यहाँनेर आर्थिक मुद्दामा बोल्नु र साँस्कृतिक पक्षमा वकालत गर्नु भनेको भैंसीको अगाडि पुराण सुनाएको जस्तो मात्रै हो ।

बाहुनवादको निष्कर्ष

नमूनाको रूपमा हेरौं , एउटा बाहुन क्षेत्री जो आफ्नो हिन्दु धर्म संस्कृति पहिचान प्रति गर्व गर्छन्, मानीआएका चाडपर्व रितिथितीलाई अवलम्बन गर्छन् । नेपाली संस्कृतिको संरक्षण हुनुपर्छ भन्ने मान्यता बोक्छन् । यही बर्गका बाहुन क्षेत्रीहरुलाई नै हो आज पश्चिमा तत्वहरुले बिल्ला भिराउँदै पुरातनवादी , यथास्थितिवादी , जडसुत्रवादी , नश्लिय चिंतक , ब्राह्मणवाद, बाहुनवाद , भन्दै हेय गर्ने, उपेक्षा गर्ने, सामाजिक कित्ताकाट गर्ने । यस्ता बिल्ला भिराएर बाहुनवाद भन्दै तिघ्रा ठटाउँदै उफ्रिनेहरु को हुन् र यिनको हैसियत कहाँसम्म हो भनेर यसो एक नजर लगाएर हेरौं ।

त्यही बाहुन क्षेत्रीहरु जब कम्युनिस्ट नेता बन्दै हिन्दु धर्मको उछितो काड्दै तिघ्रेहरुको चाकमा औंलो घुसाएर जब उचाल्न थाल्छ, त्यही बाबुराम भट्टराई त्यही प्रचण्ड बाहुनहरुलाई हाम्रो महान मुक्तिदाता ठान्दै लाल सलाम कमरेड ! भन्दै सल्युट ठोक्न पुग्छ । नयाँ भर्ना भएको प्रहरीले धेरै सिट्ठी फुक्छ रे भन्ने गाउँ घरमा लोकक्ती छ, त्यस्तै आफुलाई हिन्दु धर्म त्यागेर बौद्ध भएको भन्दै आजभोलि केहि बाहुनहरु सिट्ठि फुक्दै उफ्रिदै गरेको देखिन्छ, त्यो उफ्रेको ठाउँमा गएर यसो हेर्नुपर्छ त्यहीँ रातदिन बाहुनवाद मुर्दावाद भन्दै उफ्रिनेहरु त्यही बाहुनलाई साधु– साधु–साधु–साधु–साधु गुरु भन्दै जम्ले हात जोडेर शरण परिरहेको हुन्छ ।

अर्को वर्ग छ आफ्नो धर्म संस्कृति त्यागेर इसाई बन्न गएका बाहुन क्षेत्रीहरुको । जो पास्टर बनेर लाखौं मतुवाली समुदायका मान्छेहरुलाई इसाई बनाएर उनीहरुको धर्म संस्कृति परिवर्तन गराएका छन्, जसको पहिचान मेटाउने काम गरेका छन् , तर यही पास्टरहरुको ट्विटर फेसबुक खोलेर हेर्ने हो भने त्यहाँ यही रातदिन बाहुनवाद भन्दै उफ्रिनेहरु ‘आमेन, आमेन,आमेन, आमेन,आमेन भन्दै उफ्रिरहेकोे भेटिन्छ । यी पास्टर बाहुनको वालमा आफुलाई जनजाती आदिवासी मुलवासी भन्न रुचाउने लण्ठुहरुले गएर कहिल्यै हाम्रो संस्कृति मास्ने बाहुन हाम्रो पहिचान मेट्ने बाहुन भन्दै गाली गरेको पाउनुहुन्छ ? अँ‘‘‘ ह , बिल्कुल पाउनुहुन्न । त्यहाँ त बाहुनवाद भन्नेहरु आमेन, आमेन‘ भन्दै जम्लेहात गरेको पो हुल देखिन्छ । निष्कर्ष; एउटा बाहुनले धर्म छोडेर क्रीस्चियन बने उ यिनिहरुको मुक्तिदाता हुने । अर्को बाहुनले धर्म छोडेर कमरेड बने प्रगतिवादी मुक्तिदाता हुने । यसबाट के बुझिन्छ भने बाहुनवाद भन्दै भाष्य निर्माण गर्नेहरुको दुश्मनी बाहुन सँग होइन ।

किनभने बाहुनसँग आपत्ति भएको भए त्यही बाहुनले आमेन आमेन भन्ने बनाएको ठाउँमा, त्यही बाहुनले साधु साधु रेम्पुछे भन्दै ढोग्ने बनाएको ठाउँमा त्यही बाहुनले लाल सलाम कमरेड भन्दै सलाम ठोक्दै बस्ने ठाउँमा गएर बाहुनवाद भन्दै बिरोध गर्थे । तर त्यहाँ गर्दैनन् । यी सबै गतिविधि हेरेपछि भन्नै पर्छ यिनिहरुको बिरोध भनेको बाहुनसँग हुँदै होइन मात्रै बाहुनले मान्ने धर्म र संस्कृतिसँग मात्रै हो । जुन जुन बाहुन क्षेत्रीले आफ्नो धर्म संस्कृति पहिचानको कुरा गर्छन्, आफ्नो संस्कृतिको जगेर्ना गर्न खोज्छन्, त्यही हो यिनिहरुको लागि घोर आपत्ति । त्यही हो यिनिहरुको दुश्मन , त्यही हो यिनिहरुको बाहुनवाद

कोही छ खोजी पत्रकार ?

भारतको संसदीय चुनाव सन् २०१४ मा भएको थियो, त्यसमा विजेपी पार्टी उदाएर आयो । त्यसपछि सन् २०१९ मा भयो अब सन् २०२४ मा हुँदैछ । अहिले एकैपटक नेपालमा गाई गोरू काण्ड, शितल पाण्डे काण्ड, देखि मस्त सुतेर बसेका पहिचानवादी संघसंस्थाहरु किराँत प्रदेश चाहियो भन्दै कतै ताम्सालिंग चाहियो भन्दै पÞmेरि एकाएक जुरमुराउन थाल्दै छन् । सामाजिक संजाल जताततै तातेको देखिन्छ । यो सन् २०२४ सम्म तातिदै जानेछ ।
हाम्रो सामाजिक राजनीतिक क्षेत्रमा सुक्ष्म रूपमा अनुसन्धान गर्ने, मिहिन् ढंगले रिसर्च गरेर निर्क्यौल निकाल्ने हो भने नेपालमा आइएनजीओहरुले भारतको सन् २०१४ को चुनाव आउन अगाडि सन् २०१२–२०१३ तिर ठिक अहिलेको जस्तैः यस्तै वातावरण बनाएका थिए । जब भारतमा विजेपीले चुनाव जित्यो त्यसपछि सुनसान भयो । पÞmेरि २०१९ को चुनाव आउन थाल्यो २०१८ देखि अहिलेको जस्तै साम्प्रदायिक वातावरण तयार गरेको थियो । अब भारतमा २०२४ को लोकसभा चुनाव हुँदै छ, ठिक त्यसको अगाडि २०२३ देखि नेपालमा जातिवादी साम्प्रदायिक शक्तिहरु जुरमुराउदै छन्, सामाजिक संजाल तातेको छ, पहिचानको राजनीति गर्नेहरूको बिचारगोष्ठी अन्तर्कृया छलफल कार्यक्रम भ्याइनभ्याई छ ।

खोजी पत्रकार र अनुसन्धानरत विद्यार्थी कोही हुनुहुन्छ भने नेपालको १० वटा नाम चलेको दलित जनजाती महिला विभिन्न आइएनजीओद्वारा परिचालित पहिचानवादी संघ संस्थाहरुको यो दस वर्ष भित्रको वार्षिक कार्यक्रमको रिपोर्ट हेर्नुहोला । त्यहाँ भारतको चुनाव आउन अगाडिको ठिक एक डेढ वर्ष अगाडिको कार्यक्रमको गतिविधि र चुनाव सकेपछिको गतिविधि तुलना गरेर सामान्य जानकारी लिनुहोस् त्यसपछि सहजै बुझ्नुहुनेछ की भारतको चुनाव अगाडिको एक वर्ष भ्याइनभ्याई कार्यक्रमको लिस्ट तयार भएको र त्यसपछि ठन्डाराम भएको ।

अहिले चलिरहेको जातीय फण्डाहरु भारतको हुँदै गरेको २०२४ सम्म हो । पÞmेरि प्रश्न उठ्ला २०२४ पछी के होला ? पख्नुस् चुनावको नतिजा आएपछि पहिले जस्तै दुलो भित्र गएर २०२७ सम्म पÞmेरि सुत्ने छन् , की कार्यक्रमको निरन्तरता दिने छन् भनेर त्यतिबेला मिल्ने गरेर ठ्याक्कै भन्ने छु ।

प्रतिक्रिया