बझाङ । बझाङको सदरमुकाम चैनपुरमा अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका– ३ घर भई अहिले सदरमुकाम चैनपुरको बस्दै आएकी सुनिता बिक, र उनका दुई जना छोरामाथि सोमबार राति १२ः०० बजेतिर अज्ञात समूहले धारीलो हतियार प्रहार गर्दा घाइते भएका हुन् ।
अज्ञात समूहले सुतिरहेको अवस्थामा कोठामै प्रवेश गरी धारिलो हतियार प्रहार गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता रमेशदत्त अवस्थीका अनुसार २५ वार्षीया बिकको टाउको र उनका दुवै छोराको अनुहार तथा शरीरका विभिन्न ठाँउमा धारिलो हतियार प्रहार भएको छ ।
घाइतेह तीनै जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना कसरी घटेको हो भन्नेबारे थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिसकेको समेत बताइएको छ ।
बझाङ
प्रतिक्रिया