बझाङ अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

बझाङ । जिल्ला अस्पताल बझाङमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरीएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको दोमासिक तिथि (सीतादान) को अवसरमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

सिंह नेपाली कांग्रेस बझाङका पूर्वसभापति हुँदै प्रदेशसभा सदस्यमा निर्वाचित भई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत बनेका थिए । गत असार ५ गते गृह जिल्ला बझाङ आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाँउमा प्र्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना दुर्धटना हुदाँ उनकी श्रीमती अमृतादेवी र भाउजु जानकी सिंहको मृत्यु भएको थियो ।

फलफूल वितरण कार्यक्रममा जिल्ला समन्य समितिका अध्यक्ष नरवहादुर बोहरा, नेपाल तरूणदल बझाङका क्षेत्रीय सभापति तथा कांग्रेस जिल्ला कार्यसमिति सदस्य अभिषेक बहादुर सिंह, नेपाली कांग्रेस क्षेत्रिय सचिव कलक बोहरालगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया