प्रगतिशिल युवा समाजले हामीलाई धैरै सहयोग गरेको छ : अध्यक्ष बोहरा

बझाङ । केदारस्यु गाँउपालिकाका अध्यक्ष गणेश बोहराले प्रगतिशिल युवा समाज र वल्डभिजनले केदारस्यु गाँउपालिकामा मात्र नभइ जिल्लाका अन्य स्थानीय तहहरुमा पनि धेरै सहयोग गरेको बताएका छन् । बुधवार जिल्ला समन्य समितिको सभाहलमा सञ्चालन भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा गाँउपालिकाका अध्यक्ष बोहराले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष्य बोहराले जिल्लाका अन्य पालिकाहरुमा पनि प्रगतिशिल युवा समाज र वल्डभिजनले विद्यालयहरुमा भौतिक संरचनाहरु निर्माण गरेको शिक्षक विध्यार्थीहरुको लागि चाहिने प्रयाप्त मात्रामा शैक्षीक सामग्री सहयोग गरेको, जोखिममा परेका बालबालिकाहरुलाई आर्थिक सहयोग र शिक्षकहरुलाई पनि बेलाबेलामा शिक्षण विधिसमन्धी तालिम दिने गरेकाले शिक्षा क्षेत्रमा ठूलो टेवा पुगेको बताए ।

कार्यक्रममा उनले संस्थाले पालिकाका केही वडाहरुमा मात्र नभई अन्य वडाहरुमा पनि कार्यक्रम लागु गर्न गाँउपालिकाको तर्फबाट आफू तयार रहेको बताए । शिक्षा क्षेत्रमा प्रगतिशिल युवा समाज र वल्डभिजनले गरेको काम अतुलनिय रहेको र संस्थाबाट वनेका भौतिक संरचनाहरु पनि गुणस्तरीय बन्नु राम्रो कुरा भएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए ।

बजालले सभाहलमा उठेका विषयमा बोल्दै सबै कुरा यो संस्थाले नै गर्नुपर्छ भन्ने नरहेको र केही काम संस्थाले गर्ने र केही काम पालिकाले गर्नुपर्ने बताए ।

जनस्तरबाटै प्रगतिशिल युवा समाज र वल्डभिजनले गरेको काम सबैले राम्रो छ भनेपछि यो संस्थाले भोलिका दिनहरुमा अझै राम्रो काम गर्नुपर्ने, संस्थामा भएका कमी कमजोरीहरुलाई हटाई अझै समाज रुपान्तरणको लागि लाग्नुपने जिल्ला समन्य समितिका अध्यक्ष नरबहादुर बोहराले बताए ।

बोहराले केही शिक्षकहरुले तालिममा सिकेका कुराहरु विद्यालयमा गएर लागू भएको छ कि छैन त्यसको निगरानी संस्थाका कर्मचारी पालिकाका जनप्रतिनिधिहरुले बेलाबेलामा अनुगमन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रगतिशिल युवा समाजका कार्यक्रम संयोजक लवराज जोशीले संस्थाको उद्देस्य परियोजनाको परिचय, यसको बजेट, परियोजनाको कार्यक्षेत्र, संस्थाबाट भएका मुख्य उपलब्धी र संस्थाका चुनौतिबारे जानकारी गराएका थिए । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासा तथा सुझावहरुबारे संस्थाका कार्यक्रम व्यावस्थापक यज्ञराज जोशी र वल्डभिजनका स्पोन्सरसिप कोडिनेटर तिलक केसीले दिएका थिए ।

कार्यक्रममा संस्थाको कामर्यक्रम लागु भएका पालिकाहरुका जनप्रतिनिधि, शिक्षा संयोजक, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी र जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया