भिडियो बनाएको भन्दै भौतिक आक्रमणमै उत्रिए बुंगल नगरपालिकाका कर्मचारी

बझाङ । बझाङको बुंगल नगरपालिकाको सूचना तथा प्रविधि शाखामा कार्यरत कर्मचारी रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीमाथी भौतिक आक्रमण गरेका छन् । बुंगल नगरपालिकाको भ्रष्टाचार विरूद्व बोल्दै आएका जोशीमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् । जोशीले बुधबार दिउँसो कार्यालय समयमा पालिकामा कर्मचारी नभएको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

सोही भिडियो किन राखेको भन्दै कार्कीले आफूलाई आक्रमण गरेको उनले बताए जोशीले बताए ।कार्कीले हातपात गर्दा जोशीको छाति र औंलामा चोट लागेको छ । राजनीति पहुँचकै भरमा कार्की नगरपालिकाको सूचना तथा प्रविधि शाखाको प्रमुखमा नियुक्त भएको आरोपसमेत लागेको छ । उनको योग्यताको विषयमा समेत बेला बेलामा स्थानीयहरूले प्रश्न उठाउने गरेका थिए ।

स्थानीय तहले दरबन्दी सिर्जना गरेर करार कर्मचारी राख्न नपाउने कानुनी व्यवस्था छ । तर, नगरपालिकामा हाल सयभन्दा बढी करार कर्मचारी छन् ।
नगरपालिकाले रिक्त दरबन्दीमा स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगलाई कोटा पठाउन छोडेर जागिर खुवाउनकै लागि कार्की जस्तै कयौं करार कर्मचारी भर्ति गरेर पालिरहेको आरोप लागेको छ ।

महालेखा परीक्षकमो कार्यालयका अनुसार नगरपालिकामा करार कर्मचारी आईटी रमेश कार्कीले पदबहाल गरेदेखि अहिले सम्म ५० लाख सम्म बढी बेरुजो देखीएको उक्त रकम उनले हिनामीना गरेको समेत आरोप लागेको छ ।

प्रतेक वर्ष उनले कार्यक्रम चलाएको पेसकी रकम फर्स्यौट नगरी हिनामीना गरेको आरोप छ । यसअघि पनि करार कर्मचारी राखेकोमा प्रश्न उठाउँदै आएको छ । यस्ता कर्माचारी पाल्नकै लागि वार्षिक नगरपालिकाको डेढ करोडसम्म खर्चहुने गरेको महालेखाले औंल्याएको छ ।

बुधबार जोशीले खिचेको कार्यालको भिडियोमा कोही पनि कर्मचारी र जनप्रतिनिधि अफिसमा देखिदैनन् । कार्यालय समयमै एकजना पनि कर्मचारी नभेटेपछि नगरपालिकाको सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकामै प्रश्न उठेको छ । उता बुंगल नगरपालिकाले प्रेश विज्ञप्ति जारी गर्दै कर्मचारी कार्यालय समय नभएको वेला सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेको भिडियो राष्ट्रसेवक कर्मचारीलाई हुतिहारा घाँस चर्न गएका जस्ता शब्द प्रयोग भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । जोशीमाथि आक्रमण भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

प्रतिक्रिया