धनगढी । सरकार गठन भएको साढे ५ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री,सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीलार्ई भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री मन्त्री र सोही पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्री भट्ट बैतडी ‘ख’बाट,रामेश्वर चौधरी कैलाली–२ ‘ख’ बाट र राज्यमन्त्री कैलाश चौधरी कैलाली–१ ‘क’बाट निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट र राज्यमन्त्रीले मुख्यमन्त्री शाहबाट बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
जेठ ६ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका पृथ्वीबहादुर सिंहको असार ५ गते बझाङमा भएको गाडी दुर्घटनामा निधन भएपछि मन्त्रालय रिक्त रहेको थियो ।
भूमि, व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय ६ महिनादेखि मन्त्रीविहीन थियो । बुधबार भएको मन्त्रीपरिषद् विस्तारसँगै ७ वटा मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ ।
कैलाली
प्रतिक्रिया