बझाङ । योङ कम्युनिष्ट लिग नेपाल वाईसीएल बझाङले निर्माणाधिन घर भत्काएको घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेको छ । सोमबार वाईसीएल बझाङ जिल्ला समन्वय समितिले गत साउन १० गते विथ्थडचिर गाँउपालिका– ७ स्याल ढुंगामा भएको सो घटनाबारे सत्यतथ्य छानबिनको माग गरेको हो ।
वाईसीएल बझाङ जिल्ला ईन्चार्ज रविनजंग विसी (प्रतिविम्व) र जिल्ला संयोजक प्रेम धामीको संयुत्तm हस्ताक्षरीत विज्ञप्तिमा उक्त घटनाको विषयमा सत्यतथ्य छानबिनको माग गरिएको छ ।
बिगत २५ वर्षदेखि चलन भोग गर्दै आएका पुट्के ओखेडाले जमिनमा घर निर्माण गर्दा स्थानीय सोही ठाउँका कृष्ण जोशी, भवानी जोशी, किथ्थे जोशीको नेतृत्वमा ४० जनाभन्दा बढीको समूहले नेपालको प्रचलित कानूनलाई हातमा लिई पुड्के ओखेडाको निर्माणाधिन घर भत्काउने काम गरेको र सो जमिनमा लगाएको बालिनालिसमेत नष्ट गरी क्रूर अमानवीय व्यवहार देखाएर सामन्ती, दलाल, शैलीमा घटना घटाएकोमा सत्यतथ्य छानबिन गरी पीडितलाई न्याए र दोषीलाई कडाभन्दा कडा कानूनी कारवाहीको माग गरिएको छ ।
विज्ञप्तिमा घटनालाई राजनीति, आर्थिक सामाजिक रुपमा हस्तक्षेप गरेर पीडित पक्षलाई कमजोर पार्ने प्रयास गरेमा पीडितको पक्षको न्याएको लागि संगठनले आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
बझाङ
प्रतिक्रिया