युवावर्ष आधारभुत विद्यालयलाई गुणस्तरीय शिक्षामा जोड दिन आग्रह

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नँ ८ सेलाखेतमा रहेको युवावर्ष आधारभुत विद्यालयलाई गुणस्तरीय शिक्षा दिन आग्रह गरिएको छ । प्रगतिशिल युवा समाज र वल्ड भिजन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको शौचालय हस्तान्तरण कार्यक्रका वक्ताहरुले विद्यालयलाई गुणस्तरीय शिक्षा दिन आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले गुणस्तरीय शिक्षामा जोड दिए । गाँउका बालवालिकाहरु घर आगनमै रहेको विद्यालय छोडेर सहरमा रहेका निजि विद्यालयमा जाने अवस्था अन्त्य गर्न गुणस्तरीय शिक्षामा जोड दिइएको हो ।

विद्यालयको भौतिक संरचना, शिक्षकहरुको दरबन्दी, कक्षाकोठाको अवस्था र यहाँको वातावरण हेर्दा निकै राम्रो रहेको भन्दै वल्र्डभिजनका स्पोन्सर सीप कोडिनेटर तिलक केशीले विद्यायमा विद्यार्थीको संख्या कम हुनु दुखद विषय भएको बताए । उनले सबै स्थानीय मिलेर विद्यालयलाई राम्रो बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रगतीशिल युवा समाजका कार्यकारी निर्देशक लभराज जोशीले स्थानीयको लापरवाहीले नै विद्यालय गोठकोरुपमा परिणत हुन्छनकी भन्ने चन्तिा रहेको बताए । उनले भने, ‘ तपाईहरुको गल्तीले नै गर्दा यती राम्रा भवनहरु पछि गएर गोठमा रुपमा परिणत हुन्छन्, कि भन्ने चिन्ताको विषय छ, अब विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लाग्नुहोस् । तपाईहरुको अपेक्षा र आग्रहमा यहीं विद्यालयमा वालमैत्री, अपाङ्गमैत्री, भु–कम्प प्रतिरोधी १५ लाख भन्दा वढी लागतमा शौचालय बनेको छ ।’

कार्यक्रमा जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक निरजप्रशाद जोशीले आजकल सवै अभिभावकहरुले आफ्ना बालवालिकालाई सदरमुकाम केन्द्रीत गराएको बताए । उनले अभिभावकहरुले बालवालिकाको भविष्य उज्जवल होस् भनेर नै राम्रो विद्यालय भन्दै निजि विद्यालयको खोजी गर्दै गएको बताए । ‘सबैजना मिलेर सुधार गर्नेहो भने यहीं विद्यालयलाई निजि विद्यालयभन्दा राम्रो बनाउन सकिन्छ’ उनले भने । स्थान्ीय स्तरमा रहेको विद्यालय सुभार गर्न आफूहरु सदैव तयार रहेको उनले बताए ।

कार्यक्रमा प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केशीेले विद्यालयमा सबै संरचना हुँदा हुँदै पनि शैक्षिक गुणस्तर खस्किनुको कारण खोजिनु पर्ने बताए । उनले विद्यार्थी संख्या कम हुनुको कारण खोजेर त्यसको समाधान गर्न सबै जना लाग्नु पर्नेमा जोड दिए ।

जयृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले विद्यालयमा विद्यार्थीको संख्या धेरै हुनुपनि राम्रो नभएको तर्क गरे । उनले धेरै कम र धेरै बढी हुनुभन्दा पनि विद्यालयको क्षमता अनुसार हुनुपर्ने बताए । उनले विद्यार्थी कम हुँदा राम्रो शिक्षा दिन सकिने बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाबाट सहयोग गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया