राष्ट्रको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व कुनै व्यक्तिका नाममा जम्मा हुँदा देशको अर्थतन्त्र खोक्रो बन्दै जानु स्वभाविकै हो । यसर्थ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्नु वर्तमान समयको माग हो । भ्रष्टाचारले मुलुकको समग्र विकासको गति रोक्ने गर्दछ । सरकारले विकास, समृद्धि र सुशासनका कुरा मात्र गरेर हँुदैन, अब एक्सनमा जान जरुरी छ । वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले विकास र सुशासनका कुरा त गरिरहेको छ, व्यवहारमा कार्यान्वयन अझै देखिएको छैन ।
विश्वका धेरै मुलुकमध्ये केही मुलुक विकास र समृद्धिको बाटोमा लम्किएका छन् । कारण सुशासन हो । जुन देशमा सुशासन कायम भएको छ, त्यो देशमा विकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश विकासको हिसाबमा पछाडि परेको छ । हाम्रो देश पनि विकासको हिसाबमा पछाडि छ । त्यो कारण हो हामीले पनि देशमा सुशासन कायम गर्न सकेनौँ ।
देशको विकास, समृद्धिका लागि सुशासन अनिवार्य सर्त हो । सुशासनबिना विकास र समृद्धिको कल्पना पनि गर्न सकिँदैन । आज देश भ्रष्टाचारले आक्रान्त छ । मुलुकको प्रशासन सञ्चालनमा सुशासन कायम हुन सकेन । सबैभन्दा बढी मात्रामा स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । स्थानीय तहमा बेथिति अनियमितता बढेर गएको छ । यसलाई रोक्ने कसले ? जनताले सुशासनको चाहना गरेको धेरै भयो । तर अहिलेसम्म प्राप्त गर्न सकिएको छैन । असल शासनलाई सुशासन भनिन्छ । यसैगरी, कानुनी शासन नै सुशासनको आधार हो । देशमा सुशासन कायम गर्न सबै पक्षले सरोकारवाला निकायहरूलाई सघाउनुपर्ने आवश्यकता देखिँदै गएको छ ।
प्रशासनतन्त्र जनताप्रति उत्तरदायी बन्न जरुरी छ । देशलाई भ्रष्टाचारमुक्त बनाई सुशासन कायम गर्ने हो भने निम्न कुरामा ध्यान दिनुपर्छ । जस्तै ः राजनीतिक स्थिरता, स्वतन्त्र न्यायपालिका, दिगो विकास, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको पालना आदि । नेपालमा बढ्दो भ्रष्टाचार, पारदर्शिताको कमी, जवाफदेहिता र उत्तरदायित्वको अभावले गर्दा मुलुकले विकासको गति लिन सकेको छैन । यी विविध कारणले गर्दा भ्रष्टाचारलाई मलजल पुगेको छ । सुशासनको बाधक भनेको भ्रष्टाचार हो । भ्रष्टाचार भनेको प्राणघातक रोग जस्तै हो यसलाई मौलाउन दिनु हुँदैन । यसको सही समयमा उपचार गरिएन भने जे पनि हुन सक्छ । यद्यपि समाजमा गहिरो रूपमा जरा गाडेर बसेको भ्रष्टाचार जरैदेखि उखेल्न सक्यौँ भने सुशासन कायम गर्न सकिने देखिन्छ । सरकारको एकल प्रयासले संभव देखिएन यसको लागि सामुहिक प्रयास जरुरी छ । देशमा भ्रष्टाचारका कारण आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । भ्रष्टाचार सार्वजनिक क्षेत्रमा मात्रै नभई निजी क्षेत्रमा पनि मौलाउँदै गएको छ । किनभने उनीहरूको नै यसमा मिलेमतो हुन्छ । निजी क्षेत्रले घुस खुवाएर भ्रष्टाचारलाई बढावा दिएका छन् ।
भ्रष्टाचारले समग्र राष्ट्रलाई आर्थिक रूपमा कमजोर बनाउँछ । किनभने राष्ट्रको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व कुनै व्यक्तिका नाममा जम्माहुँदा देशको अर्थतन्त्र खोक्रो बन्दै जानु स्वाभाविकै हो । यसर्थ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्नु वर्तमान समयको माग हो । भ्रष्टाचारले मुलुकको समग्र विकासको गति रोक्ने गर्दछ । सरकारले विकास, समृद्धि र सुशासनका कुरा मात्र गरेर हुदैन, अब एक्सनमा जान जरुरी छ । बर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले विकास र सुशासनका कुरा त गरिरहेको छ, व्यवहारमा कार्यान्वयन अझै देखिएको छैन । नक्कली भुटानी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्ड प्रकरणमा जसरी मान्छे समातिएका छन । त्यसैगरी मसिनो गरी ४८ सालदेखि यताका सबै भ्रष्टचारीहरूलाई समाउने आँट सरकारले गर्नुपर्छ । सरकार तीव्र आर्थिक विकासका कुरा गरिरहेको छ, तर देशको अर्थतन्त्र नै टाट पल्टिएको अवस्था छ । नेपालको विकास भनेकै गाउँको विकास हो । गाउँगाउँमा सिंहदरबार भनिएको छ तर गाउँगाउँका युवायुवतीहरू सबै विदेश पलायन छन् । यो ठूलो समस्या हो । गाउँको विकास नै आजको आवश्यकता हो । हाम्रा गाउँ अझै पनि अशिक्षा, अभाव र असुविधाले ग्रस्त छन् । अहिले मुलुकमा ७ सय ५३ वटा गाउँ सरकार छन् । यी सरकारले गाउँको विकास गर्न सक्छन कि सक्दैनन्, त्यो भने चासो, चिन्ता र जिज्ञासाको विषय बनेको छ ।
अब हामी विकास र समृद्धिको मार्गचित्रमा जोडिनुपर्छ । सबैभन्दा सुरुमा गाउँको विकास गरौँ । गाउँमा सडक, विद्युत्, खानेपानी, रोजगारी, निर्यातमुखी कृषि, आधुनिक पशुपालन, कृषिमा आधारित उद्योगको स्थापना, पर्यटनलगायतका क्षेत्रमा व्यापक लगानी र कामको जरुरी छ । यी क्षेत्रको विकास नभई गाउँको विकास सम्भव छैन । विकास र समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पनि छ । दक्ष जनशक्तिविना पनि विकास र समृद्धिको कल्पना गर्न सकिँदैन । गाउँमा युवा जनशक्ति नै छैन । यो विडम्बना हो । राज्यले युवाका बारेमा सोच्नुपर्छ । युवाका बारेमा गाउँमा केही आयआर्जनका अवसर सिर्जना गर्ने खालको कार्यक्रम राज्यले निर्माण गर्नुपर्छ । देशमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार रोक्ने काममा सरकार लाग्नुपर्छ । भ्रष्टाचार नरोकिएसम्म सुशासनका कुरा व्यर्थ हुनेछन् । सुशासन भनेको विधिको शासन हो । विधिको शासनअनुसार मुलुक चलेको छ कि छैन ? त्यसमा धेरै कुराको अर्थ हुन्छ ।
अहिले सरकारका सामु सुशासनका बारेमा प्रश्न उठ्ने पनि गरेका छन् । सरकारले कसरी हेर्छ, त्यो आफ्नो ठाउँमा रहेको छ । मुलुकले विकास र समृद्धि चाहेको छ । लोकतन्त्रमा जनताले चाहेको कुरा धेरै हो, तर केही पाउन सकिरहेका छैनन् । लोकतन्त्रमा नेता धनी, जनता गरिब हुँदै गएका छन् । हामीले कस्तो खालको लोकतन्त्रको अवलम्बन गरिरहेका छौँ ? बहस गर्नुपर्ने आवश्यकता देखिएको छ । देशमा राजनीतिक परिवर्तन भए, व्यवस्था बदलिए, पालैपालो राजनीतिक दलहरूले शासन पनि चलाए, तर जनताको जीवनस्तर जहाँको त्यहीँ छ । यो भन्दा दुःख लाग्दो कुरा अरु के हुन्छ ? राजनीतिक परिवर्तन मात्र नेपाली जनताको चाहना होइन, जनताको चाहना भनेको विकास र आर्थिक समृद्धिको हो । मुलुकको विकासका लागि सबै मिलेर लाग्नुपर्ने आवश्यकता देखिएको छ ।
अब सरकारको ध्यान विकास निर्माणमा केन्द्रित हुनु जरुरी छ । विकास र समृद्धि मुखले बोलेर मात्र हँुदैन, काम गरेर देखाउनुपर्छ । सरकारसँग इच्छाशक्ति हुने हो भने देशको विकास हुने सम्भावना देखिन्छ । सरकारसँग राज्यको ढुकुटी छ । राज्यको ढुकुटीलाई अनावश्यक खर्च नगरी देश विकासमा लगाउने सोच सरकारसँग हुनुपर्छ । देशमा प्राकृतिक स्रोत र साधन पर्याप्त मात्रामा छन् । तिनीहरूको सही सदुपयोग गरी परिचालन गर्ने हो भने देशको उन्नति–प्रगति गर्न सकिन्छ । जनताले यो सरकारबाट विकास र समृद्धिको आश गरेका छन् । तर सरकारले जुन गतिका साथ काम गर्नुपर्ने हो गर्न सकिरहेको छैन । यथार्थ कुरा यो हो । अझै पनि थुप्रै समय छ । सरकारले गतिका साथ काम गर्ने हो भने विकास र समृद्धि पाँच वर्षको कार्यकालभित्र नै सम्भव देखिन्छ ।
विकास र सुशासन नै लोकतन्त्रको मर्म हो । देश विकास हुनु आजको आवश्यकता हो । देशमा गणतन्त्र आएपछि विकासको मूल फट्छ भन्ने जनतामा एकप्रकारको आश थियो तर त्यो आश यतिखेर आएर निराशामा बदलिएको छ । अहिले देशमा स्थानीय, प्रदेश र केन्द्रको गरी तीन तहको सरकार छ । अब त विकास हुन्छ कि भन्ने जनतामा आश छ तर हालसम्म पनि देश र जनताका समस्या ज्यूँका त्यूँ छन् । कुनै पनि मुलुकको विकास हुन दूरदर्शी नेताको खाँचो हुन्छ । जब सत्तामा विकासको मार्गचित्र कोर्न सक्ने राजनेता पुग्छ तब मात्र देशको विकास र समृद्धि हुन्छ ।सबै इमानदारीका साथ काम गर्ने हो भने कहाँ असम्भव छ ? विकसित देशहरू त्यसै विकसित भएका होइनन्, ती देशका जनता, शासक र नेताहरू इमानदार भएको कारण विकास सम्भव भएको हो ।
लोभीपापीहरूले देशको विकास गर्न सक्दैनन् । देशको विकास गर्न ठूलो छाती बनाएर अघि बढ्नुपर्छ । देशमा विधिको शासन चलाउनुपर्छ । सुशासनका कुरा मात्र गरेर सुशासन आउँदैन । सुशासनका लागि भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ । अनि मात्र नेपाल सुशासनयुक्त मलुकमा दर्ज हुन्छ र यहाँको विकास हुन्छ । नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धि नै आजको आवश्यकता हो । वर्तमान राजनीतिक नेतृत्वले गति दिन सकेको छैन । जनता अन्योलमा परेका छन । राजनीति दल र तिनका नेताहरू प्रस्ट हुन जरुरी छ । त्यसो भयो भने मात्र मुलुक अघि बढछ । जनताले गाँस कटाएर सरकार र राज्यका विभिन्न निकायलाई सेवा, सुविधा दिएका छन । सुविधा लिनेहरूले यो नागरिकले तिरेको कर हो भनेर बुझ्नुपर्छ ।
राजनीतिकर्मी र कर्मचारीले पाउने सेवा, सुविधामा जनताको पसिना छ । जनताको श्रममा पग्लिएको पसिनाको हिस्सा हो । यो कुरालाई आत्मसात गर्न जरुरी छ । राज्य सञ्चालकहरू नैतिक र संवेदनशील हुनुपर्छ । जनताबाट सेवा, सुविधा ग्रहण गर्ने अनि जनताको समस्या नबुझ्ने ? यसरी हँुदैन । राजनीतिक दलहरूले आफूले बोलेका कुरा व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । जनताको मतबाट शक्ति आर्जन गर्नेहरूले अब बुझ्न जरुरी छ ।
प्रतिक्रिया