बझाङ । बझाङको जयपृथ्वी नगरपालिका १ पिमीमा रहेको नारायण माध्यमिक विद्यालयलाई सौचालय हस्तान्तरण गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजनको आर्थिक सहयोगमा करिब १६ लाख भन्दा वढी लागतमा निर्माण भएको २ कोठे अपांगमैत्री सौचालय हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै वडा १ वडाध्यक्ष डम्बरबहादुर सिंहले सुविधा सम्पन्न वालमैत्री शौचालय हस्तान्तरण गरेकोमा धन्यवाद दिए । उनले भने, ‘यो शौचालयको नियमित सरसफाई रेखदेख गर्ने काम हामी सबैको दायित्व हो ।’
उनले आफू वडा अध्यक्ष हुनु भन्दा पहिला उक्त विद्यालयमा अध्ययन गरेको र सोहि विद्यालयको व्यास्थापन समिति समितिको अध्यक्षसमेत भएको बताए ।
कार्यक्रममा बोल्दै जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बझाङ जिल्लामा प्रगतिसिल युवा समाज र वल्र्डभिजनले जिल्लाको धेरै जसो विद्यालयहरुमा शौचालय निर्माण गर्ने काम मात्रै नभई विद्यालय भवन, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणमा ठुलो भुमिका खेलेको बताए ।
मेयर बजालले शौचालय निर्माण भएपछि यसलाई सहि सदुपयोग गर्नुपर्ने र विद्यालयहरु राम्रो बनाउन भौतिक संरचना निर्माण गरेर मात्रै नहुने भएकाले विद्यालयमा नियमित पठपाठन हुनुपर्ने बताए ।
विद्यालयहरुमा भैतिक निर्माण सँगसँगै पढाईलाई समेत गुणस्तरीय बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ र विद्यार्थीलेहरुले पनि आफ्नो पढाईमा विशेष ध्यान दिनुपर्ने प्रगतिसिल युवा समाजका कार्यकारी निर्देश लवराज जोशीले बताए ।
जिल्लाका अधिकांस विध्यालयहरुमा वालमैत्री र अपाङ्ग मैत्री शौचालयको नभए वेलामा संस्थाकै सहकार्यमा अपांगमैत्री र बाल मैत्री भवन बनाउने उदेश्य पूरा भएको प्रगतिसिल युवा समाजका अध्यक्ष रमेश केसीले बताए । उनले भवन बनाउनका लागि सबैको महत्वपूर्ण भुमिका रहेकाले भवनको संरक्षण गर्नका लागि यहाँका समुदायले अगाडि बढ्नु पर्ने बताए । संस्थाको पहलमा पहिलोपटक सुविधा सम्पन्न सौचालय निर्माण भएपछि त्यस विद्यालमा अध्यनरत विद्यार्थी शिक्षक अभिभावक खुसी भएका छन् ।
बझाङ
प्रतिक्रिया