बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयभन्दा कर्मचारी बढी रहेका छन् । सोमबार एक कार्यक्रमका जयपृथ्वी नगरपालिकाको सभाहलमा नगर पालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो देखिएको हो ।
कार्यक्रममा नै स्थानीयभन्दा वढी कर्मचारी उपस्थित भएपछि पत्रकार सत्यराज सिंहले यहाँ कसले प्रश्न सोध्ने भन्ने प्रश्न उठाए । उनले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत भएको नागरिक जनमतमा उत्कृष्ट मात्रै देखाएपछि अब नगरपालिका उत्कृष्ट भयो भन्ने प्रश्नसमेत गरेका थिए ।
जवाफमा जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मराज जोशीले भने, ‘जिल्लामा सञ्चालित सामुदायिक रेडियोमा सूचना दिएको हो आउनु भएन त के गरौँ ! अब पछिल्ला दिनहरूमा सुधार गर्दै लैजाने छौँ ।’
कार्यक्रममा अधिकांश प्रश्नकर्ताहरूले नगरपालिकामा भएको कर्मचारी भर्ना, सडक निर्माण, नगर प्रहरी, ढल निकास, स्वास्थ शिक्षा, स्वास्थ्य, लगायत विभिन्न विषहरूमा प्रश्न गरेका थिए ।
कार्यक्रम बोल्दै जयपृथ्वी नगरपालिका उपप्रमुख रतनबहादुर सिंह (सुरत)भने सेवा प्रदायक र सेवाग्राहीबीच बलियो आपसी सम्बन्ध राख्नुपर्ने, जनप्रतिनिधिहरूले जनताको मत लिएर आएपछि निर्वाह गर्नुपर्ने भूमिका कस्तो हुनुपर्छ, सेवा प्रवाह कस्तो छ भन्ने कुरा सार्वजनिक सुनुवाइबाट पनि थाहा हुने र सार्वजनिक सुनुवाइ नियमित रूपमा अनिवार्य गर्न पहल गर्ने बताए ।
त्यस्तै नगरप्रमुख चेतराज वजालले सार्वजनिक सुनुवाइ कार्यक्रमले पालिकाले गरेका काम यथार्थ रूपमा सेवाग्राहीहरूबीच के कस्तो छ त्यो थाहा हुने र आगामी दिनहरू कमिकमजोरीहरूलाई सुधार गर्दै लैजाने बताए ।
बझाङ
प्रतिक्रिया