सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयभन्दा कर्मचारी बढी

बझाङ । बझाङको जयृथ्वी नगरपालिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयभन्दा कर्मचारी बढी रहेका छन ।

सोमबार एक कार्यक्रमका जयपृथ्वी नगरपालिकाको सभाहलमा नगर पालिकाको आर्थिक वर्ष २०७९–८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो देखिएको हो ।

कार्यक्रममा नै स्थानीयभन्दा बढी कर्मचारी उपस्थित भएपछि पत्रकार सत्यराज सिंहले यहाँ कस्ले प्रश्न सोध्ने भन्ने प्रश्न उठेको थियो । कार्यक्रममा सिंहले सार्वजनिक सुनुवाइमा कार्यक्रममा प्रस्तुत भएको नागरिक जनमतमा उत्कृष्ट मात्रै देखाएपछि अब नगरपालिका उत्कृष्ट भयो भन्ने प्रश्नसमेत गरेका थिए ।

जवाफमा जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मराज जोशीले जिल्लामा सञचालित सामुदायिक रेडियोमा सूचना दिएको तर नआएको पछिल्ला दिनहरुमा सुधार गर्दै लैजाने बताए ।

कार्यक्रम अधिकांश प्रश्नकर्ताहरुले नगरपालिकामा भएको कर्मचारी भर्ना, सडक निर्माण, नगर प्रहरी, ढल निकास, स्वास्थ्य, शिक्षालगाएत विभिन्न विषहरुमा प्रश्न गरेका थिए ।

कार्यक्रम बोल्दै जयपृथ्वी नगरपालिका उपप्रमुख रतनबहादुर सिंह (सुरत) ले सेवा प्रदायक र सेवाग्राहीबीच बलियो आपसी सम्बन्ध राख्नुपर्ने जनप्रतिनिधिरुले जनताको मत लिएर आएपछि निर्वाह गर्नुपर्ने भूमिका कस्तो हुनुपर्ने र सेवा प्रभाह कस्तो छ भन्ने कुरा सार्वजनिक सुनुवाइबाट पनि थाहा हुने र सार्वजनिक सुनुवाइ नियमितरुपमा अनिवार्य गर्न पहल गर्ने बताए ।

त्यस्तै नगरप्रमुख चेतराज वजालले सार्वजनिक सुनुवाई कार्यक्रमले पालिकाले गरेका काम यथार्थ रुपमा सेवाग्राहीहरुबीच के कस्तो छ त्यो थाहा हुने र आगामी दिनहरू कमी कमजोरीहरुलाई सुधार गर्दै लैजाने बताए ।

प्रतिक्रिया