विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न देबेन्द्र पौडेलको माग

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वशिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन विद्यालय कर्मचारी र शिक्षकहरूसँग विगतमा गरिएका सहमतिहरूको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने उनको तर्क छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले सरकारले दुई पटक आफैँले गरेको प्रतिवद्धता अनुसार विद्यालय कर्मचारीको समस्या समाधान नगरेको भन्दै आपत्तिसमेत जनाए । विद्यालयका कर्मचारीहरूले लेखापाल र कार्यालयका सहयोगीको सेवा सुविधा खरदार सरह पुर्याउन माग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया