हेवाखोलामा फड्के पुल निर्माण हुँदै (भिडियाेसहित)

पाँचथर । फिदिम नगरपालिका ४ स्थित हेवाखोलामा बाँसको फड्के पुल निर्माण हुदैछ । पाँचथर, ताप्लेजुङ तर्फ आवतजावत गर्न तत्कालका लागि उक्त पुल निर्माण निर्माण गर्न लागिएको हो ।

आज (शुक्रबार) बिहानैदेखि सुरु भएको पुल निर्माण कार्य आजै साँझसम्म सम्पन्न हुने फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए ।

निर्माण गर्न सुरक्षाकर्मीहरु, नगरपालिका जनप्रतिनिधि, व्यवसायी र युवाहरुको सहभागीता रहेको छ ।

फड्के पुलबाट यात्रुहरुलाई गन्तव्यमा पुग्न सहज हुने फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बताए । हेवाखोलाको पुल गत शनिबार आएको बाढीले बगाएको थियो ।

भिडियो तथा तस्विर : जिल्ला प्रहरी कार्यालय पाँचथर।

प्रतिक्रिया