देशभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित

काठमाडाैं । विद्यालय कर्मचारीले घोषणा गरेको देशभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित भएको छ । जनभावनाको कदर गर्दै उनीहरूले तत्कालका लागि विद्यालय बन्द सहितका कार्यक्रम स्थगित गरेका हुन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी र नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आइतवार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि फिर्ता भएको जानकारी दिएका हुन् ।

वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर नदेखिए पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ ।

विद्यालय कर्मचारीले आइतवारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका थिए । उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै जेठ १५ यता विद्यालय कर्मचारी आन्दोलनमा छन् ।

प्रतिक्रिया