काठमाडौं महानगरले रोक्यो भृकुटीमण्डपको शैक्षिक मेला

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला रोकेको छ । बिहीबारदेखि सुरु भएको शैक्षिक मेला प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो ।

आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो । तर, अनुगमनको क्रममा काठमाडौं महानगरपालिकासँग सहमति नलिएको उनले बताए ।

त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ । तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोकिएको उनले बताए ।

प्रतिक्रिया