धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं । धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–६ धर्मस्थली सानोबाईपासस्थित सडकमा बा२ख ८४१३ नम्बरको बसको ठक्करबाट १७ वर्षीय लप्सन राईको मृत्यु भएको हो ।

खोटाङ बराहपोखरी गाउँपालिका–४ घर भई तारकेश्वर फुटुङ्ग बस्दै आएका राईलाई मंगलबार बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका किशोरलाई उपचारका लागि ग्रिनसिटी अस्पताल बसुन्धरा पठाइएको थियो ।

उनको उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया