प्रधानमन्त्री प्रचण्ड आज राष्ट्रिय सभामा बोल्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा बुधबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन् । अहिले सवा ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सुरू हुनेछ ।

‘राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ,’ संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया