बिक्री व्यवसाय बढाउने रणनीति

सन्तोष लामा

आजको समयमा बिक्री हिजोभन्दा निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ । आज क्रेतासँग धेरै विकल्पहरू छन् । प्रतिस्पर्धा पनि जटिल बन्दै गएको छ । बिक्रीकर्ताभन्दा क्रेताहरू बढी जानकार हुन्छन् । उनीहरूको आवश्यकतालाई बुझ्न र बुझाउन कठिन जस्तै भएको छ । यदि तपार्इं सेलिङ प्रोफेसनमा माहिर बन्न चाहनुहुन्छ वा सेलिङ पेसाबाटै आफ्नो भविष्य उज्ज्वल बनाउन हुन्छ भने तल दिइएका कुरालाई अपनाउनुहोस् जहाँ तपाईंलाई बिक्री पेसामा बिक्री विशेषज्ञ बन्न मद्दत गर्न यहाँ आठ सुझावहरू दिइएका छन् ।

बिक्री भन्ने बित्तिकै तपाईंको मनमा के आउँछ ? कुनै वस्तु वा सेवाको निर्धारित मूल्यमा सट्टा पट्टा । वास्तबमा बिक्री भनेको बिक्रेता र क्रेता बीचको उत्साहको सञ्चार हो, जहाँ बिक्रेताले आफ्नो वस्तु वा सेवाको बारेमा उत्साहका साथ क्रेतालाई बिक्रीको लागि प्रोत्साहन गर्दछ । यदि कुनै बिक्रेतासँग आफ्नो वस्तु वा सेवासँगको उत्साह छैन भने उसले बिक्रीमा सफलता प्राप्त गर्न सक्दैन ।

बिक्री व्यवसाय वा पेसामा ग्राहकको समस्या पहिचान गरी समाधान जसले गरिदिन सक्छन् उसैको वस्तु वा सेवाको बिक्री धेरै हुन सक्छन् । एउटा बिक्रीकर्ताले सधैँ आफ्नो बिक्री बढाउन नयाँ नयाँ ग्राहक बनाउने, भइरहेको ग्राहकबाट थप बिक्री बढाउन सम्बन्ध स्थापित गरिराख्ने र बजारको माग के हो अपडेट भइइरख्ने जस्ता काममा सदैव ध्यान दिनुपर्दछ । संसारका टप भनिएका कम्पनीहरू जो फच्र्युन पाँच सयमा पर्न सफल कम्पनीहरूका सिइओहरू प्रायः सेलिङ पेसाबाट नै आएका छन् ।

बिक्री पेसा एउटा त्यस्तो पेसा हो जसबाट तपाईंले आफ्नो लागि सेट गर्नुभएको कुनै पनि वित्तीय लक्ष्य पूरा गर्न सक्नुहुन्छ । त्यसैले तपाईं एक बिक्री पेसेवर हुनुमा गर्व गर्नुहोस् । बेच्न सक्ने क्षमताले तपाईंलाई एक दिन उच्च आय र आजीवन रोजगार सुरक्षा प्रदान दिलाउन सक्नेछ, त्यो पेसा भनेको नै सेलिङ प्रोफेसन हो । अर्थतन्त्रमा जतिसुकै परिवर्तन भए÷आए पनि त्यहाँ सधैँ शीर्ष बिक्रीकर्ताहरूको आवश्यकता हुनेछ । राम्रो बिक्रेताको सधैँ उच्च माग हुनेछ । बिक्री पेसामा तलबका साथ साथै बिक्रीको आधारमा कमिसन पनि प्राप्त हुने हुनाले राम्रो आय आर्जन गर्न सक्नु हुनेछ । यति हँुदाहुँदै पनि आजको समयमा बिक्री हिजोभन्दा निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

आज क्रेतासँग धेरै विकल्पहरू छन् । प्रतिस्पर्धा पनि जटिल बन्दै गएको छ । बिक्रीकर्ता भन्दा क्रेताहरू बढी जानकार हुन्छन् । उनीहरूको आवश्यकतालाई बुझ्न र बुझाउन कठिनजस्तै भएको छ । यदि तपाईं सेलिङ प्रोफेसनमा माहिर बन्न चाहनुहुन्छ वा सेलिङ पेसाबाटै आफ्नो भविष्य उज्ज्वल बनाउनहुन्छ भने तल दिइएका कुरालाई अपनाउनुहोस् जहाँ तपाईंलाई बिक्री पेसामा बिक्री विशेषज्ञ बन्न मद्दत गर्न यहाँ आठ सुझावहरू दिइएका छन् ।

१.आफ्नो वस्तु तथा सेवाको बारेमा जान्नुहोस् । तपाईंले बिक्री गरिरहनुभएको उत्पादन वा सेवाहरूबारेमा गहिरो रूपमा बुझ्नुहोस् । तिनीहरूका सुविधाहरू, फाइदाहरूको बारेमा जान्नुहोस् । यो ज्ञानले तपाईंलाई विश्वसनीयता निर्माण गर्न र तपाईंको ग्राहकहरूलाई प्रभावकारी रूपमा मूल्य सञ्चार गर्न मद्दत गर्नेछ । ग्राहकको कुनै पनि जिज्ञासाको उत्तर तपाईंसँग होस् ।

२.आफ्नो सञ्चार कौशलको विकास गर्नोस् । प्रभावकारी सञ्चार बिक्री सफलताको लागि अति नै महत्वपूर्ण छ । ग्राहकको कुराहरू सुन्ने सीपहरूमा काम गर्नुहोस्, खुला प्रश्नहरू सोध्न सिक्नुहोस्, र प्रेरक सञ्चारको कलामा निपुर्ण हुनुहोस् । आफ्नो सन्देशलाई प्रत्येक ग्राहकको आवश्यकता र प्राथमिकताअनुसार मिलाउनुहोस् । आफ्नो उत्पादनको बारेमा पहिला ग्राहकलाई बोल्न दिनुहोस् अनि मात्र उत्पादन वस्तु वा सेवाको बारेमा बिस्तारपूर्वक बताउनुहोस् ।

३.आफ्ना ग्राहकहरूलाई बुझ्नुहोस् । आफ्ना ग्राहकहरूको पीडा पोइन्टहरू, प्रेरणाहरू र लक्ष्यहरू बुझ्नको लागि समय लिनुहोस् । तिनीहरूका आवश्यकताहरूसँग समानुभूति राखेर, तपाईंले आफ्ना उत्पादनहरू वा सेवाहरूलाई तिनीहरूको विशेष आवश्यकताहरू पूरा गर्ने समाधानहरूको रूपमा देखाउन सक्नुहुनेछ । जसले ग्राहकको समस्या र मनोभावना बुझेर ग्राहकको आवस्यकता पूर्ति गर्दछ उसैले धेरै धेरै बिक्री गर्दछ ।

४.सम्बन्ध निर्माणमा फोकस गर्नुहोस् ः बिक्री बढाउने सबैभन्दा सरल तरिका र निरन्तर बिक्री बढाउन गर्नै पर्ने काम हो सम्बन्ध बिस्तार । लाखौँको प्रचारभन्दा शक्तिशाली प्रचार भनेको मौखिक प्रचार हो । बिक्री भनेको सम्झौताहरू बन्द गर्ने मात्र होइन । यो तपाईंको ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रक्रिया पनि हो । विश्वासको खेती गर्नुहोस्, उत्तरदायी हुनुहोस् । बलियो सम्बन्ध निर्माण गर्दा व्यापार (बिक्री) र रेफरलहरू दोहोरिरहनेछ । आज टप ब्रान्ड्सहरू आफ्नो उत्पादनको टेस्टिमोनियल भिडियो बनाएर पनि मार्केटिङ गरिरहेका छन् । यो पनि एक प्रकारको सम्बन्ध बिस्तारको रूप हो ।

५.निरन्तर सिकाइलाई ध्यान दिनोस् । बिक्री कार्य कौशल निरन्तर विकसित हुँदै छ । उद्योग प्रवृत्ति, ग्राहक व्यवहार, र बिक्री प्रविधिहरूमा अद्यावधिक रहनुहोस् । बिक्री प्रशिक्षण (ट्रेनिङ) कार्यक्रमहरूमा भाग लिनुहोस्, बिक्रीका पुस्तकहरू पढ्नुहोस् ।

६.स्पष्ट लक्ष्यहरू सेट गर्नुहोस् । तपाईंको बिक्री कार्यसम्पादनका लागि विशिष्ट, मापनयोग्य, प्राप्त गर्न सकिने, सान्दर्भिक र समय–सीमा तथा लक्ष्यहरू स्थापना गर्नुहोस् । नियमित रूपमा समीक्षा गर्नुहोस् र यी लक्ष्यहरू विरुद्ध तपाईंको प्रगति ट्रयाक गर्नुहोस् । यसले तपाईंलाई केन्द्रित र उत्प्रेरित रहन मद्दत गर्नेछ ।

७.निरन्तर र लचिलो हुनुहोस् । बिक्री आफैँमा चुनौतीपूर्ण छ, र अस्वीकार हुने सम्भावना पनि अति नै रहन्छ । एक लचिलो मानसिकता विकास गर्नुहोस् र अवरोधहरूबाट सिक्नुहोस् । सकारात्मक मनोवृत्ति राख्नुहोस्, परिवर्तनशील परिस्थितिहरूसँग अनुकूल रहनुहोस् र अगाडि बढिरहनुहोस् ।

८.सहकर्मीहरूसँग सहकार्य गर्नुहोस् । आफ्ना साथीहरूबाट सिक्नुहोस् र उनीहरूसँग सहकार्य गर्नुहोस् । उत्कृष्ट अभ्यासहरू अबलम्बन गर्नुहोस्, सल्लाह लिनुहोस् । भिन्न भिन्न प्रकृतिको उत्पादन वा सेवाहरू सहकार्यमा बिक्री साझेदार गर्नुहोस् ।

याद गर्नुहोस्, एक बिक्री विशेषज्ञ बन्ने क्रम एक यात्राजस्तै हो जसमा समर्पण, अभ्यास, र व्यक्तिगत र व्यावसायिक वृद्धिको लागि प्रतिबद्धता आवश्यक छ । परिवर्तनहरूसँग साक्षतकार हुनुहोस्, र सिक्न कहिल्यै नछोड्नुहोस् ।

(लामा उप्रेरक वक्ता तथा सफलताको ब्लुप्रिन्टका लेखक हुन्)

प्रतिक्रिया