सिट्रोन ई–सी ३ को बुकिङ सुरु

काठमाडौ । नयाँ सिट्रोन ई–सी३ को बुकिङ सुरू भएको छ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लिले सोमबारदेखि विद्युतीय सी ३ को बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार सिट्रोन ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गरिनेछ। सिट्रोन ई–सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो। सार्वजनिक भएसँगै कम्पनीले गाडी डेलिभर गरिदिने बताएको छ ।

नयाँ सिट्रोन ई–सी३ ’लाइभ’ र ‘फिल विथ प्याक भाइभ’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको सुरुआती बजार मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। गाडी बुकिङ भने एक लाख रुपैयाँमा गर्न सकिनेछ । सिट्रोन ई–सी३ मा ५७ पिएसको विद्युतीय मोटर र १४३ एनएमको टर्क सहितको इन्जिन जडित छ । यसले सहज र आरामदायी ड्राइभिङको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । यो गाडीले एक पटकको पूरा चार्जमा ३२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

ई–सी३ मा भएको उन्नत लिथियम–आयन ब्याट्री प्रविधिका कारण यसले १०० प्रतिशत डिसी फास्ट चार्जिङ समर्थन गर्छ । यसमा २९.२ किलोवाट आवरको ब्याट्री प्याक छ। जम्मा एक घण्टामै गाडी पूरा चार्ज हुने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया