कोका–कोलाको ‘चिल एन्ड विन’ क्याम्पेन सार्वजनिक

काठमाडौं । कोका–कोलाले आफ्ना उपभोक्ताका लागि यो वर्षको सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ । कोका–कोलाको यो क्याम्पेनले उपभोक्तालाई स्मार्टफोन र मोबाइल रिचार्ज जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको छ ।

यो कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन हो । यसका अफर स्प्राइट र फ्यान्टाको पेट बोतलमा पनि उपलब्ध रहेको छ । युनिक कोडका लागि विशेष रूपमा चिह्न लगाइएको पेट बोतलको लेबलमा वा आरजीबी बोतलको क्राउनमुनि चेक गर्नुपर्नेछ ।

क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एसएमएसमार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीले ५०० रुपैयाँसम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिली तथा २५० मिलीको सिसाको बोतल र २५० मिली तथा ५०० मिली पेट बोतलमा लागू हुने बताइएको छ ।

उपभोक्तालाई आफ्नो पुरस्कार दाबी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्ट्नरको रूपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताले तुरुन्तै आफूले जितेको रकम प्रयोग गर्न पाउनेछन् । बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको ‘चिल एन्ड विन’ क्याम्पेन जेठ ६ देखि आसार ३० सम्म लागू हुनेछ र जति चाँडो सहभागी भयो त्यति नै जित्ने मौका पनि बढ्नेछ ।

प्रतिक्रिया