सिद्धार्थ बैंकद्वारा वातावरण दिवसमा विविध कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । सो अवसरमा विभिन्न स्थानमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनस्प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैंकले वृक्षारोपण तथा सरसफाई कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानमा सरसफाई कार्यक्रम समेत आयोजना गरेको थियो । यस्ता कार्यकहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउछ भन्ने बैंकले विश्वास राखेको छ ।

बैंकले वातावरण संरक्षणका निम्ति ‘से नो टु प्लास्टिक’ नारालाई अवलम्वन गर्दै बैंकको आधिकारिक टिकटक पेजमा ‘बिट प्लास्टिक पोलुसन’ विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरको थियो । त्यस्तै यहि नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनस्प्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरेको थियो । साथै वातावरण संरक्षणलाई थप टेवा पु¥याउन बैंकले सो दिनलाई ‘नो प्रिन्ट डे’ पनि घोषणा गरेको थियो ।

बैकको मुलुकभर १९५ वटा शाखा, २२० एटिएम र ५ वटा एक्स्टेन्सन् काउन्टरबाट ग्राहकलाइ आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया