मुक्तिनाथ फाउन्डेसनद्वारा वृक्षरोपण

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर टोखा नगरपालिका–१ मा निर्माणाधीन शान्ति पार्कमा एभोकाडो फलपूmलको विरुवा वृक्षरोपण गरिएको छ । टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको हो ।

कार्यक्रममा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर १ का वडा अध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो । त्यस्तै, फाउन्डेसनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेसनका सञ्चालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृतलगायत उल्लेख्य रूपमा कर्मचारीको उपस्थिति रहेको थियो ।

साथै फाउन्डेसनका अध्यक्ष ढकालले वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी अभियानमा यही २० गते बाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै सुरु गरेको र आगामी ५ वर्षमा फाउन्डेसनको अगुवाइमा तथा मुक्तिनाथ समूहसहित विभिन्न सरकारी र गैरसरकारी निकायको सहकार्यमा कम्तीमा १० लाखभन्दा बढी फलपूmल तथा काष्ठजन्य विरुवा रोपण गर्ने लक्ष्य राखेको बताए । यसले वातावरण संरक्षणको साथै खालि रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानीय वासिन्दालाई विभिन्न आम्दानीको स्रोतहरू उपलब्ध हुने उल्लेख छ ।

प्रतिक्रिया