वुलिङ ब्राण्डको इभी किन्दा ६० किमी गुड्ने साइकल उपहार !

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिङ ब्राण्डको इलेक्ट्रिक कार खरिद गर्दा ६० किमी गुड्ने विद्युतीय साइकल उपचार दिने योजना सार्वजनिक गरेको छ । इन्डोनेसिन कार वुलिङ हाल नेपाली बजारमा २०० र ३०० किमिको रेन्जमा उपलब्ध छ ।

वुलिङ इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपियाँमा ३०० किमि हिड्न मिल्ने कार हो । यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने, बाताबरण स्वच्छ हुने कम्पनीले जनाएको छ । स्छ

कम्पनीले वुलिङ खरिद गर्ने ग्राहकलाइ ६० किमी माइलेज दिने बोस्को मोटर्स भएको सामसुङको ब्याट्री भएको इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ ।

प्रतिक्रिया