निरिह स्वास्थ्य मन्त्रालय

अनुषा थापा

२०७६ चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरियो । त्यतिबेला त एक जनामा मात्र कोरोना देखिएको थियो । अहिले त त्योभन्दा बढीमा कोरोना पुष्टि हुन्छ । २०७८ वैशाख १६ गतेबाट पुन लकडाउन भयो । कोरोना संक्रमण अझैपनि हटिसकेको छैन् । तैपनि आफ्नो स्वास्थ्यमाथि हेलचेक्रयाइँ किन ? सार्वजनिक यातायात, बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय सबैभन्दा धेरै भीड हुन्छ । त्यस्तै, तरकारी बजारहरुमा पनि सर्वसाधारणको उत्तिकै चाप हुन्छ । होटल, रेष्टुरेष्ट, दोहोरी साँझमा पनि लापरवाही गर्न थालिएको छ । यद्यपि, सबैतिर ख्यालख्याल गरिएको छ ।

सरकारले अहिलेपनि दिनहुँ कोरोना संक्रमितका तथ्याङ्क सार्वजनिक गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर मुलुकमा कोरोनाको अवस्थाबारे जानकारी गराइरहेको हुन्छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले मुलुकमा अझैपनि कोरोनाको जोखिम रहेको देखाउँछ । संक्रमित नियमित नै भेटिरहेका छन् । मन्त्रालयले आम नागरिकलाई मास्क लगाउन, भौतिक दुरी पालना गर्न, जनस्वास्थ्य मापदण्ड पालना गर्न सूसुचित गराउँछ ।
तर अहिले मास्क लगाउन छोडिएको छ । आम नागरिक खुलेआम बाहिर हिँडिरहेको भेटिन्छ । भौतिक दुरी र अन्य जनस्वास्थ्य मापदण्डको पालना त कल्पना बाहिरकै विषय बन्न पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत विदेशबाट नेपाल आउनेलाई पिसिआर रिपोर्ट नल्याएपनि हुने व्यवस्था गरेको छ । सरकारले गरेको निर्णयले मुलुकमा पूरै कोरोना निर्मुल भएको देखाउँछ । तर, नेपालमा कोरोना संक्रमण हराइसकेको हो र ? यदि हराएकै हो भने नियमित पत्रकार सम्मेलन गर्नुको औचित्य के ?

दैनिक तीन चार जनामा कोरोना भेटिरहेको हुन्छ । कहिले त्योभन्दा बढी पनि हुन्छ । २०७६ चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरियो । त्यतिबेला त एक जनामा मात्र कोरोना देखिएको थियो । अहिले त त्योभन्दा बढीमा कोरोना पुष्टि हुन्छ । २०७८ वैशाख १६ गतेबाट पुन लकडाउन भयो । कोरोना संक्रमण अझैपनि हटिसकेको छैन । तैपनि आफ्नो स्वास्थ्यमाथि हेलचेक्रयाइँ किन ? सार्वजनिक यातायात, बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय सबैभन्दा धेरै भीड हुन्छ ।

त्यस्तै, तरकारी बजारहरुमा पनि सर्वसाधारणको उत्तिकै चाप हुन्छ । होटल, रेष्टुरेष्ट, दोहोरी साँझमा पनि लापरवाही गर्न थालिएको छ । यद्यपि, सबैतिर ख्यालख्याल गरिएको छ । अन्य जनस्वास्थ्य मापदण्ड पालना गर्न नसकेपनि मास्क त लगाउन सकिन्छ । मास्क लगाउनु र साबुनपानीले हात धुनु आफ्नै लागि हो । शैक्षिक संस्थाहरुले समेत हात धुनु र मास्क अनिवार्य गरेको छैन । मास्क नलगाईकन विद्यार्थीहरु पढिरहेका देखिन्छन् । अरु त छोडौं, सांसद्हरुले समेत संसद्मा मास्क लगाएको देखिँदैन ।

मास्क नलगाई उनीहरु सदनमा बोलिरहेका हुन्छन । प्रधानमन्त्री, मन्त्रीलगायत मुलुकका उच्च ओहोदामा भएका व्यक्तिहरुले पनि आफ्नो मनोमानी चलाइरहेका छन् । नेता भनिनेहरु नै यस्ता छन्, अनि जनताले के टेर्छन् ? जुन निकायले कोरोनाको तथ्याङ्क सार्वजनिक गर्छ, त्यही निकायका कर्मचारी खुलेआम दौडिरहेका हुन्छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आफैं मास्क नलगाई भाषण ठोकिरहेका भेटिन्छन् । पार्टी प्यालेस, सिनेमा हललगायतको पनि उही हालत छ ।

सबै व्यवसायीले स्यानिटाइज गर्ने, थर्मल गनले ज्वरो नाप्नेलगायतका सरकारका शर्त मान्ने प्रतिबद्धता जनाएका थिए । तर, कसैले मानेनन् । लामो रोड होस् या छोटो रोड दाउरा मिलाएझैं यात्रु खाँदेको हुन्छ । गाडी स्यानिटाइज पनि गरिएको हुँदैन । आकल–झुक्कलबाहेक अन्य यात्रुले मास्क लगाएको देखिँदैन । सहचालक र चालकले त पहिलेदेखि नै लापरवाही गर्दै आएका छन् । विदेशबाट आएकाहरु पनि सिँधै आफ्नो घर फर्किरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोरोना चेकजाँच हुँदैन ।

भारतीय नाकाबाट दैनिक हजारौं जना ओहोरदोहोर गर्छन् । त्यहाँ पनि चरम लापरवाही गरिएको छ । सरकारले अब सर्वसाधारणलाई छाडा छोडेको हो ? सरकार कोरोना हट्यो भनेर भन्न पनि सक्दैन । मास्क लगाउन कडाइ पनि गर्न सक्दैन् । हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालय छन् । सरकारले बनाएको नियम पालना भएको छ कि छैन् ? हेर्ने जिम्मा सिडिओको हो । तर, सिडिओदेखि लिएर कार्यालयका अन्य कर्मचारी निस्फिक्री हिँडिरहेका हुन्छन् ।

देशमा गृह मन्त्रालय छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ विभिन्न ठाँउ पुगेर भाषण ठोकिरहेका देखिन्छन् । तर, उनले मास्क लगाएको कहीकतै भेटिदैन । स्वास्थ्य मन्त्रालयले मापदण्ड त बनाउँछ तर कार्यान्वयन गर्न सक्दैन् । आफ्नै मातहतका निकायमा समेत स्वास्थ्य मन्त्रालय निरीह छ । सरकारी होस् या निजी अस्पताल, मास्क लगाउन छोडिएको छ । चाहे त्यो स्वास्थ्यकर्मी होस् या बिरामी, कसैले मास्क लगाएको भेटिँदैन् । स्वास्थ्यजस्तो संवेदनशील निकायको अवस्था त यस्तो छ भने अरुको के कुरा गर्नु ?

कोरोनाकै कारण देशमा लकडाउन भयो । लकडाउनले धेरैलाई शिथिल बनायो । कोरोनाले गर्दा धेरैको ज्यान गयो । पैसाले कोरोना सर्छ भन्ने कुराहरुसमेत बाहिर आयो । प्रहरीले लकडाउनको बेलामा हिँड्नेलाई झ्यामझ्याम समात्यो । त्यो पनि हातले होइन्, लठ्ठीले । अब अहिले त प्रहरीहरुले नै मास्क लगाउँदैनन्, अरुलाई के समाउँथे । सरकारलाई जनताको भन्दा पनि करको मतलब बढी भयो । जनता मरुन् कि बाँचुन्, सरकारलाई चाहिएको कर हो ।

सरकारले व्यापार व्यवसाय सञ्चालन गर्न दिएको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका निम्ति व्यवसायीले सरकारको नीति नियम मान्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि, उनीहरुले टेरेका छैनन् । यता, सरकारले पनि नियमनतर्फ चासो देखाएको छैन् । कोरोना संक्रमणकै कारण १२ हजार बढी नेपालीले ज्यान गुमाए । आफ्नो परिवारका सदस्य गुमाएकालाई मात्र कोरोनाले दिएको पीडा थाहा छ । उनीहरुले भागे, चेत खुल्यो । नभोगेकालाई त कोरोना केही होइन्जस्तो महशुस भएको छ ।

माओवादीले २०५२ देखि २०६२–६३ सालसम्म जनयुद्ध ग¥यो । १७ हजार नेपालीको ज्यान गयो । त्यतिबेलाको आन्दोलनले मुलुकमा राजनीतिक परिवर्तन भयो । कोरोनाका कारण १२ हजार बढी जनता मरे तर सरकारले मापदण्डसमेत कडाइका साथ लागु गर्न सकेन । मर्ने दुवै नेपाली जनता थिए, परिस्थिति मात्र फरक । सरकारले जनयुद्धमा मरेकालाई शहिद घोषणा गर्यो, क्षतिपूर्ति दियो । कोरोनाका कारण ज्यान गुमाउनेले के पाए ? सरकारकै लापरवाहीका कारण उनीहरुको ज्यान गएको होइन ?

सरकारद्धारा जनतामाथि भेदभाव गर्ने काम भएको छ । सरकारले कोराना चेकजाँच गरेको शुल्क असुलिरहेको छ । कोरोना लागेका व्यक्तिहरु पनि काममा गइरहेका छन् । जनता भोट र कर लिने माध्यम मात्र बने । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका आधारभूत आवश्यकताबाटै जनता वञ्चित भएका छन् । जनताले तिरेको करमा नेताहरुको रजाइँ चलेको छ । उपचारका नाममा नेताहरुले करोडौं रुपैयाँ राज्यको ढुकुटीबाट लिएका छन् । तर, जनताहरु सिटामोल नपाएरै मार्नुपर्ने अवस्था छ ।

कोही कोही त नेपालको पानी समेत खाँदैनन्, विदेशबाट हजारौंको पानी मगाउनुपर्छ । अनि त्यस्ता नेतालाई देशको के माया ? जनता मरे नि बाँचे नि उनीहरुलाई के मतलब ? सबैले जनता मारेर मोजमस्ती मात्र गरे । नेताहरु जनताका लागि होइन्, आफ्नै धोक्रो भर्न आएका हुन् । मानसिक रोगको उपचार गर्ने पैसा नभएर ‘साङ्लो’ ले बाँधेर राख्नुपर्ने अवस्था छ । बिहान–बेलुका औषधी खाने पैसा नभएर जनता रोग पालेर बसेका छन् । अनि यस्तो देशको कहिले उन्नति हुन्छ ? सरकारले आफ्ना लागि केही गर्दिएला भनेर जनताले नसोच्दै बेश हुन्छ ।

जनता आफैं सतर्क भयो भने हो नत्र अकालमा ज्यान गुमाउनुपर्छ । गरिब जनताका लागि भनेर स्वास्थ्यचौकी छन, सरकारी अस्पताल छन् । तर, त्यहाँ पनि लुटको धन्दा मच्चिएको छ । स्वास्थ्य चौकीका कर्मचारीहरु सरकारले दिएको औषधी मेडिकलमा लगेर बेच्छन् अनि आएको पैसा आफ्नो खल्तीमा हाल्छन् । जनता त्यहाँपनि हेरेको हेरै । भन्नलाई सरकार अस्पताल भएपनि शुल्क निजीभन्दा पनि चर्को छ । अनि कसले उपचार गराउन सक्छ ? बिहानबेलुका खान नसक्ने बेलामा हजार रुपैयाँ तिरेर कसैले पनि कोरोना चेकजाँच त गराउनेवाला छैन ।

नेपाल सरकार यति निरीह भयो कि भन्न पनि लज्जास्पद छ । ठूल्ठूला व्यवसायीले वर्षौंदेखि कर छलि गर्दै आएका छन्, तिनलाई केही गर्न सक्दैन । सरकारी खर्च कटौती गर्न पनि सरकार असमर्थ छ । अनि जनतालाई मात्र चुस्नसम्म चुस्छ । हिजो कोरोनाले कसैलाई छोडेन । न बच्चा भन्यो न बुढो । स्वास्थ्यकर्मी, नेता, पत्रकार, सर्वसाधारण सबैले ज्यान गुमाए । तर, अहिले आएर सबैले नै कोरोनाको जोखिम बिर्सिए ।

प्रतिक्रिया