गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । गण्डकी प्रदेश सरकारले क्रमागत योजनाको निर्माण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०–०१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आफ्नै सामथ्र्य बढाउन नसकेको तथा संघीय सरकारबाट अघिल्लो वर्षभन्दा कम वित्तीय हस्तान्तण भएपछि दबाबमा परेको प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्ययी बनाउने, चालु खर्च घटाउने र पूँजीगत खर्च बृद्धिलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएका अधिकांश कार्यक्रमहरु पुरानै छन् । सामाजिक सुरक्षाका विषयहरुलाई विभिन्न नारासहित नयाँ बनाउन खोजिएको छ ।

सरकारले प्रदेश सदरमुकाम र स्थानीय तहको केन्द्र जोड्ने तथाप्रदेश गौरव र प्रदेश रणनीतिक सडक बिस्तारलाई प्राथमिकतामा राखेको छ ।

गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षअघि नै प्रदेश गौरव र रणनीतिक महत्वका सडक घोषणा गरी काम थालनी गरेका थिए । क्रमागत योजनामा समेटिएका ती सडकहरू २०८१ सालसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको छ ।

प्रतिक्रिया