एसियाडका लागि करातेको टिम छनोट

काठमाडौं । चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेका ८ खेलाडी छनोट भएका छन् । जसमा कुमुतेका ६ र एकल काताका २ खेलाडी छन् । छनोट हुनेमा ३ महिला र ५ पुरुष खेलाडी छन् ।
नेपाल कराते महासंघको आयोजनाामा बुधबार सम्पन्न छनोटमा ५ खेलाडीले एसियाडमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । पहिलो दिन मंगलबार ३ खेलाडी छनोट भएका थिए । दोस्रो तथा अन्तिम दिन एरिका गुरुङ, सविना श्रेष्ठ, मोहमद शेखा आलम र विप्लवलाल श्रेष्ठ छनोट भएका हुन् ।

एरिका ६८ केजी माथि र सविना ६१ केजी मुनिको तौल समूहमा छनोट भएका हुन् । मोहम्मद शेख ७५ केजी तथा विप्लव ८४ केजी माथिको तौल समूहमा छनोट भएका हुन् । विप्लव चार वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पहिलो दिन कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा भएको प्रतिस्पर्धामा एलिसा र स्वोनिम विजयी भएका थिए । कुमुते ६० देखि ६७ केजीमा सन्तोष श्रेष्ठ एयिाडका लागि छनोट भएका थिए ।

कातामा ६ र कुमुतेमा ३१ गरि ३७ जना खेलाडीले छनोटमा भाग लिएका थिए । खुलाबाट छनोट हुने र एसियाडका लागि छनोट नभएका खेलाडीबीचको अर्को प्रतिस्पर्धाबाट हरेक तौल समूहमा छनोट प्रतिस्पर्धा हुनेछ । ती छनोट भएका खेलाडीलाई राष्टिय टोली बी टोलीमा रहनेछन् । चीनको हान्झाउमा असोज ६ देखि २१ गते सम्म १९ औं एसियाड हुनेछ ।

प्रतिक्रिया