गणतन्त्र माथि एमालेबाट बढी खतरा

मोहनविक्रम सिंह

नेपालमा गणतन्त्र ल्याउनका लागि एमालेका कार्यकर्ताहरूको पनि ठुलो योगदान रहेको छ । तर त्यो संगठनको नेतृत्व गणतन्त्र र धर्मनिरपेक्षता दुवैका विरुद्ध देखापर्दै गइरहेको छ । त्यो क्रममा त्यसको राजावादीहरूसित पनि घनिष्ठ सम्बन्ध कायम भएको छ । भारतका कट्टर हिन्दूवादी शासकवर्गले पनि धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध नेपालका प्रतिगामी शक्तिहरूलाई सहायता दिने काम गरिरहेका छन् ।

नेपालमा गणतन्त्र नेपाली जनताको करिब एक शताब्दीको लामो संघर्ष तथा त्याग र बलिदानपछि आएको हो । तर अहिले गणतन्त्र दिवसलाई मनाउने सन्दर्भमा त्यसलाई समाप्त गर्न र पुनः राजतन्त्रको स्थापना गर्न भइरहेका प्रयत्नहरूप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज गणतन्त्रमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको छ । राजावादीहरूले गणतन्त्र स्थापना भएका दिनदेखि नै गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाइरहेका छन् । त्यो अभियानमा अब ओलीको नेतृत्वमा एमाले पनि सामेल भएको छ ।

नेपालमा गणतन्त्र ल्याउनको लागि एमालेका कार्यकर्ताहरूको पनि ठुलो योगदान रहेको छ । तर त्यो संगठनको नेतृत्व गणतन्त्र र धर्मनिरपेक्षता दुवैका विरुद्ध देखापर्दै गइरहेको छ । त्यो क्रममा त्यसको राजावादीहरूसित पनि घनिष्ठ सम्बन्ध कायम भएको छ । भारतका कट्टर हिन्दूवादी शासकवर्गले पनि धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध नेपालका प्रतिगामी शक्तिहरूलाई सहायता दिने काम गरिरहेका छन् । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि नेपालका कतिपय वामपन्थी शक्तिहरूले पनि ‘क्रान्तिकारी’ कोणबाट गणतन्त्रमाथि हमला गर्ने र त्यसरी त्यसका विरुद्धको प्रतिगामी संघर्षलाई मद्दत पु¥याउने काम गरिरहेका छन् । त्यसरी नेपाली जनताले सामान्यतः एक शताब्दी र विशेषतः ०६२÷६३ को जनआन्दोलनद्वारा प्राप्त गरेको उपलब्धिमाथि चौतर्फी रूपले हमला गर्ने काम गरिरहेका छन् । अहिले गणतन्त्र दिवस मनाउने बेलामा गणतन्त्रमाथि चौतर्फी रूपमा भइरहेको आक्रमणप्रति गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सबै शक्तिहरूको ध्यान जानुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन चाहन्छौँ ।

विश्वको इतिहासले बारम्बार यो कुरा बताउँदै आएको छ कि कुनै देशमा गणतन्त्र वा कुनै पनि प्रकारको निरंकुश शासन कायम भएपछि प्रतिगामी शक्तिहरूले पुनः त्यसलाई उल्टाउने प्रयत्न गर्ने गरेका छन् र कतिपय अवस्थामा उनीहरूलाई त्यो कार्यमा सफलता पनि मिल्ने गरेको छ । नेपालका ०१७ साल वा ०५९ सालका उदाहरणहरू त्यस सन्दर्भमा उल्लेखनीय छन् । विश्वको इतिहासले यो पनि बताउँदै आएको छ कि कतिपय अवस्थामा प्रतिगामी शक्तिहरूका त्यस प्रकारका पुनरुत्थानवादी प्रयत्नहरू सफल भए पनि त्यो सफलता खाली अस्थायी नै हुन्छ । नेपालको इतिहासले पनि त्यो कुरा बारम्बार प्रष्ट गर्दै आएको छ । ०१७ सालमा बुहदलीय व्यवस्थालाई अन्त्य गरेर निरंकुश राजतन्त्र वा पञ्चायती तानाशाही व्यवस्था कायम भयो । तर ०४६ सालमा त्यो निरंकुश शासन वा पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भयो । ०५९ सालमा पुनःनिरंकुश राजतन्त्र पुनस्र्थापना गरियो । तर ०६२÷६३ को आन्दोलनद्वारा राजतन्त्र समेतको अन्त्य गरेर गणतन्त्रको स्थापना भयो ।

त्यस प्रकारको पृष्ठभूमिमा अहिले गणतन्त्र वा धर्मनिरपेक्षता समाप्त गर्नका लागि भइरहेका प्रयत्नहरूको पनि परिणाम के हुने छ ? त्यो कुरा बुझ्न गाह्रो पर्दैन । प्रथमतः त्यस प्रकारका प्रयत्नहरू असफल हुनेछन् र खास परिस्थितिमा प्रतिगामी शक्तिहरूलाई आंशिक रूपमा केही सफलता प्राप्त भइहाले पनि त्यो सफलता खाली अस्थायी प्रकारको मात्र हुनेछ र त्यसले झन् उच्चस्तरको क्रान्तिकारी परिवर्तनलाई जन्म दिनेछ, जस्तै कि ०४६ सालमा भन्दा ०६२÷६३ सालको आन्दोलनले राजतन्त्र समेतलाई समाप्त गरेर देशलाई गणतन्त्रको अवस्थामा पु¥याएको थियो । अहिले बहुदलीय पक्षधर राजनीतिक शक्तिहरूद्वारा बनेको सरकारका गलत प्रकारका, भ्रष्ट वा गैरजिम्मेवार प्रकारको कार्यविधिबाट जनतामा व्यापक असन्तोष पैदा भएको छ । त्यो असन्तोषमाथि खेलेर प्रतिगामी शक्तिहरूले बहुदलीय व्यवस्था वा गणतन्त्रलाई नै समाप्त गर्ने प्रयत्न गरिरहेका छन् । त्यो क्रममा पूर्व राजाले विभिन्न मन्दिरहरूमा गएर गरिरहेको पूजाआजा वा अभिनन्दन कार्यक्रमहरूको माध्यमद्वारा बहुदलीय व्यवस्था र धर्मनिरपेक्षता समेतमाथि खुला रूपले आक्रमण गरिरहेको कार्यप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । वर्तमान सत्ता पक्षबाट जनतामाथि गरिएका सबै प्रकारका गलत वा गैरजिम्मेवार नीतिको विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

तर त्यसको विकल्प राजतन्त्र वा कुनै प्रकारको निरंकुश शासन होइन । नेपालमा राजतन्त्रअन्तर्गत लामो शासनकालमा कति धेरै अन्याय, अत्याचार र विभिन्न प्रकारका काण्डहरू भए त्यो कुरा नेपालको इतिहासबाट लुकेको छैन । राणाहरूको निरंकुश शासनलाई पनि नेपाली जनताले राम्रैसित भोगेका छन् । ३० वर्षको पञ्चायती तानाशाही शासनको इतिहास पनि हाम्रा अगाडि छ । नारायणहिटी हत्याकाण्डले पनि राजतन्त्रअन्तर्गत देशमा कति धेरै राजनीतिक अस्थिरता हुन्छ त्यो कुरामा कुनै शंका रहन्न । कालापानीमा भारतीय सेना नेपालमा राजाको शासन भएको बेलामा नै आएको हो । त्यसबाट पनि राजतन्त्रको पुनस्र्थापना भएमा देशमा विदेशी हस्तक्षेप हुन्न वा राष्ट्रियताको रक्षा हुन्छ भन्ने राजावादीहरूको दाबीमा कुनै सत्यता नभएको कुरा प्रस्ट हुन्छ ।

माथिका विभिन्न ऐतिहासिक तथ्यहरूमाथि विचार गर्दा नेपालमा राजतन्त्रको पुनस्र्थापना भएमा देशलाई अरू बरबादी र विनासतर्फ लैजाने कुरामा कुनै शंका रहन्न । त्यसकारण राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्नका विरुद्ध नेपाली जनताले सम्झौताहीन संघर्ष गर्नुपर्ने र त्यसका लागि व्यापक एकता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

अन्त्यमा, हामीले यो कुरा पनि स्पष्ट गर्न चाहन्छाँै कि अहिले देशमा कायम भएको गणतन्त्र पँुजीवादी प्रकारको नै हो र त्यसद्वारा जनताका आधारभूत समस्याको समाधान नहुने र देशका दिगो विकास नहुने कुरा प्रस्ट छ । त्यसका लागि अहिलेको गणतन्त्रभन्दा उच्च प्रकारको नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नुपर्ने आवश्यकता छ । त्यस प्रकारको गणतन्त्र ल्याउनका लागि परिस्थिति र आधार तयार पार्नक प्रयत्न गर्दै देशमा अहिले कायम भएको गणतन्त्रलाई बचाउन पनि हामीले प्रयत्न गर्नुपर्दछ । किनभने कुनै प्रकारको राजतन्त्र, निरंकुश वा फासिस्ट शासनभन्दा विद्यमान गणतन्त्र प्रगतिशील छ । अहिले त्यो गणतन्त्रको अन्त्य भयो भने देशमा तुरुन्तै नयाँ जनवाद आउने छैन, तर पुरानो सामन्ती प्रकारको राजतन्त्र नै आउनेछ र त्यसले देशको इतिहासलाई दशकौँ पछाडि धकेल्नेछ । त्यसैले विद्यमान बहुदलीय व्यवस्था, गणतन्त्र वा धर्मनिरपेक्षताको रक्षाको लागि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज गणतन्त्र दिवसको अवसरमा हामीले त्यसका लागि प्रतिवद्धता प्रकट गर्नुपर्दछ ।

जेठ १५ गते गणतन्त्र दिवस हो । त्यो गणतन्त्र दिवसबारे सरकारी र गैरसरकारी दुवै स्तरमा देशभरि कैयौँ कार्यक्रमहरू मनाइँदै छ । नेपालमा गणतन्त्र नेपाली जनताको करिब एक शताब्दीको लामो संघर्ष तथा त्याग र बलिदानपछि नै आएको हो । तर ण्अहिले गणतन्त्र दिवसलाई मनाउने सन्दर्भमा त्यसलाई समाप्त गर्न र पुनः राजतन्त्रको स्थापना गर्न भइरहेका प्रयत्नहरूप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

आज गणतन्त्रमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको छ । राजावादीहरूले गणतन्त्र स्थापना भएका दिनदेखि नै गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाइरहेका छन् । त्यो अभियानमा अब ओलीको नेतृत्वमा एमाले पनि सामेल भएको छ । नेपालमा गणतन्त्र ल्याउनको लागि एमालेका कार्यकर्ताहरूको पनि ठुलो योगदान रहेको छ । तर त्यो संगठनको नेतृत्व गणतन्त्र र धर्मनिरपेक्षता दुवैका विरुद्ध देखापर्दै गइरहेको छ । त्यो क्रममा त्यसको राजावादीहरूसित पनि घनिष्ठ सम्बन्ध कायम भएको छ । भारतका कट्टर हिन्दूवादी शासकवर्गले पनि धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध नेपालका प्रतिगामी शक्तिहरूलाई सहायता दिने काम गरिरहेका छन् । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि नेपालका कतिपय वामपन्थी शक्तिहरूले पनि ‘क्रान्तिकारी’ कोणबाट गणतन्त्रमाथि हमला गर्ने र त्यसरी त्यसका विरुद्धको प्रतिगामी संघर्षलाई मद्दत पु¥याउने काम गरिरहेका छन् ।
त्यसरी नेपाली जनताले सामान्यतः एक शताब्दी र विशेषतः ०६२÷६३ को जनआन्दोलनद्वारा प्राप्त गरेको उपलब्धीमाथि चौतर्फी रूपले हमला गर्ने काम गरिरहेका छन् ।

अहिले गणतन्त्र दिवस मनाउने बेलामा गणतन्त्रमाथि चौतर्फी रूपमा भइरहेको आक्रमणप्रति गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सबै शक्तिहरूको ध्यान जानुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन चाहन्छाँै । विश्वको इतिहासले बारम्बार यो कुरा बताउँदै आएको छ कि कुनै देशमा गणतन्त्र वा कुनै पनि प्रकारको निरंकुश शासन कायम भएपछि प्रतिगामी शक्तिहरूले पुनः त्यसलाई उल्टाउने प्रयत्न गर्ने गरेका छन् र कतिपय अवस्थामा उनीहरूलाई त्यो कार्यमा सफलता पनि मिल्ने गरेको छ । नेपालका ०१७ साल वा ०५९ सालका उदाहरणहरू त्यस सन्दर्भमा उल्लेखनीय छन् । विश्वको इतिहासले यो पनि बताउँदै आएको छ कि कतिपय अवस्थामा प्रतिगामी शक्तिहरूका त्यसप्रकारका पुनरुत्थानवादी प्रयत्नहरू सफल भए पनि त्यो सफलता खाली अस्थायी नै हुन्छ । नेपालको इतिहासले पनि त्यो कुरा बारम्बार प्रष्ट गर्दै आएको छ । ०१७ सालमा बुहदलीय व्यवस्थालाई अन्त्य गरेर निरंकुश राजतन्त्र वा पञ्चायती तानाशाही व्यवस्था कायम भयो । तर ०४६ सालमा त्यो निरंकुश शासन वा पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भयो । ०५९ सालमा पुनःनिरंकुश राजतन्त्र पुनस्र्थापना गरियो । तर ०६२÷६३ को आन्दोलनद्वारा राजतन्त्र समेतको अन्त्य गरेर गणतन्त्रको स्थापना भयो ।

त्यस प्रकारको पृष्ठभूमिमा अहिले गणतन्त्र वा धर्मनिरपेक्षता समाप्त गर्नका लागि भइरहेका प्रयत्नहरूका पनि परिणाम के हुनेछ ? त्यो कुरा बुझ्न गाह्रो पर्दैन । प्रथमतः त्यस प्रकारका प्रयत्नहरू असफल हुनेछन् र खास परिस्थितिमा प्रतिगामी शक्तिहरूलाई आंशिक रूपमा केही सफलता प्राप्त भइहाले पनि त्यो सफलता खाली अस्थायी प्रकारको मात्र हुनेछ र त्यसले झन् उच्चस्तरको क्रान्तिकारी परिवर्तनलाई जन्म दिनेछ, जस्तै कि ०४६ सालमा भन्दा ०६२÷६३ सालको आन्दोलनले राजतन्त्र समेतलाई समाप्त गरेर देशलाई गणतन्त्रको अवस्थामा पु¥याएको थियो । अहिले बहुदलीय पक्षधर राजनीतिक शक्तिहरूद्वारा बनेको सरकारका गलत प्रकारका, भ्रष्ट वा गैरजिम्मेवार प्रकारको कार्यविधिबाट जनतामा व्यापक असन्तोष पैदा भएको छ । त्यो असन्तोषमाथि खेलेर प्रतिगामी शक्तिहरूले बहुदलीय व्यवस्था वा गणतन्त्रलाई नै समाप्त गर्ने प्रयत्न गरिरहेका छन् । त्यो क्रममा पूर्व राजाले विभिन्न मन्दिरहरूमा गएर गरिरहेको पूजाआजा वा अभिनन्दन कार्यक्रमहरूको माध्यमद्वारा बहुदलीय व्यवस्था र धर्मनिरपेक्षता समेतमाथि खुला रूपले आक्रमण गरिरहेको कार्यप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । वर्तमान सत्ता पक्षबाट जनतामाथि गरिएका सबै प्रकारका गलत वा गैरजिम्मेवार नीतिको विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । तर त्यसको विकल्प राजतन्त्र वा कुनै प्रकारको निरंकुश शासन होइन । नेपालमा राजतन्त्रअन्तर्गत लामो शासनकालमा कति धेरै अन्याय, अत्याचार र विभिन्न प्रकारका काण्डहरू भए त्यो कुरा नेपालको इतिहासबाट लुकेको छैन । राणाहरूको निरंकुश शासनलाई पनि नेपाली जनताले राम्रैसित भोगेका छन् । ३० वर्षको पञ्चायती तानाशाही शासनको इतिहास पनि हाम्रा अगाडि छ । नारायणहिटी हत्याकाण्डले पनि राजतन्त्रअन्तर्गत देशमा कति धेरै राजनीतिक अस्थिरता हुन्छ त्यो कुरामा कुनै शंका रहन्न । कालापानीमा भारतीय सेना नेपालमा राजाको शासन भएको बेलामा नै आएको हो । त्यसबाट पनि राजतन्त्रको पुनस्र्थापना भएमा देशमा विदेशी हस्तक्षेप हुन्न वा राष्ट्रियताको रक्षा हुन्छ भन्ने राजावादीहरूको दाबीमा कुनै सत्यता नभएको कुरा प्रस्ट हुन्छ ।

माथिका विभिन्न ऐतिहासिक तथ्यहरूमाथि विचार गर्दा नेपालमा राजतन्त्रको पुनस्र्थापना भएमा देशलाई अरू बर्बादी र विनासतर्फ लैजाने कुरामा कुनै शंका रहन्न । त्यसकारण राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्नका विरुद्ध नेपाली जनताले सम्झौताहीन संघर्ष गर्नुपर्ने र त्यसका लागि व्यापक एकता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ । अन्त्यमा, हामीले यो कुरा पनि स्पष्ट गर्न चाहन्छाँै कि अहिले देशमा कायम भएको गणतन्त्र पुँजीवादी प्रकारको नै हो र त्यसद्वारा जनताका आधारभूत समस्याको समाधान नहुने र देशका दिगो विकास नहुने कुरा प्रस्ट छ । त्यसका लागि अहिलेको गणतन्त्रभन्दा उच्च प्रकारको नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नुपर्ने आवश्यकता छ । त्यस प्रकारको गणतन्त्र ल्याउनका लागि परिस्थिति र आधार तयार पार्नक प्रयत्न गर्दै देशमा अहिले कायम भएको गणतन्त्रलाई बचाउन पनि हामीले प्रयत्न गर्नुपर्दछ । किनभने कुनै प्रकारको राजतन्त्र, निरंकुश वा फासिस्ट शासनभन्दा विद्यमान गणतन्त्र प्रगतिशील छ । अहिले त्यो गणतन्त्रको अन्त्य भयो भने देशमा तुरुन्तै नयाँ जनवाद आउने छैन, तर पुरानो सामन्ती प्रकारको राजतन्त्र नै आउनेछ र त्यसले देशको इतिहासलाई दशकौँ पछाडि धकेल्नेछ । त्यसैले विद्यमान बहुदलीय व्यवस्था, गणतन्त्र वा धर्मनिरपेक्षताको रक्षाको लागि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज गणतन्त्र दिवसको अवसरमा हामीले त्यसका लागि प्रतिवद्धता प्रकट गर्नुपर्दछ ।

प्रतिक्रिया