टीनाको निधन

न्युयोर्क । रक ‘एन’ रोलकी ‘रानी’ का रुपमा चिनिने चर्चित गायिका टीना टर्नरको ८३ वर्षको उमेरमा निधन भएको छ । अमेरिकामा जन्मिएकी उनको स्विट्जरल्याण्डको ज्युरिच सहर नजिकको आफ्नो घरमा अन्तिम श्वास लिएको उनका प्रतिनिधिले बताएका छन् । उनी केही समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन् । क्यान्सर, स्ट्रोक र मिर्गौलाको समस्या कारण उनी पछिल्लो समय घरमै सीमित भएकी थिइन् ।

उनलाई सर्वकालीन महान रेकर्डिङ कलाकारमध्ये एक मानिन्छ । टर्नरले आफ्नो करिअरको सुरुवात पछिल्लो शताब्दीको छैटौं दशकतिर सुरु गरेकी थिइन् । यो रक ‘एन’ रोलको सुरुवाती समय थियो । ‘व्हाट्स लव गट टु डु विथ इट ?’ उनको सबैभन्दा चर्चित गीत हो । जसमा उनले प्रेमलाई ‘सेकेन्डह्यान्ड इमोसन’ को संज्ञा दिएकी छन् ।

प्रतिक्रिया