रास्वपा नेताहरूसँग चिनियाँ दूतावासको टोलीले गर्याे भेटवार्ता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासाको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग भेटघाट गरेको छ । रास्वपा केन्द्रीय कार्यालय बसुन्धारामा बिहीबार चिनियाँ दूतावासका डिसिएम श्री वाङ शिनसहितको टोलीले रास्वपा नेताहरूसँग भेटवार्ता गरेको हो ।

भेटमा पार्टीका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायत उपस्थिति थिए । भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया