राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको नगर भेला

पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले फिदिममा नगर भेलाको आयोजना गरेको छ । सोमबार भएको उक्त भेलामा केन्द्रीय समितिका महामन्त्री डा. मुकुल ढकालले पार्टीको नीति तथा कार्यक्रम र भावी योजनाबारे प्रष्ट पारेका थिए ।

सो भेलामा कोशी प्रदेशका सभापति राजेश तिम्सिनाले रास्वपाको राजनीतिक यात्राबारे प्रष्ट पारेको रास्वपा जिल्ला कार्य समिति सदस्य दिपक भण्डारीले जानकारी दिए ।

भेलामा राजस्वपका पूर्वउम्मेदवार दिनेश लिङ्देन र प्रदेशकै महामन्त्री लालबिक्रम थापाले पार्टीको संगठन विस्तार सम्बन्धमा प्रष्ट पारेका थिए ।

नगरपालिकामा भएको भेलाको जिल्ला संयोजक देवेन्द्र कुँवरकोको अध्यक्षतामा नगर तथा जिल्लास्तरीय कार्यकर्ता र केही व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नगर भेला र बहस कार्यक्रम दिपक भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया