काठमाडौं प्याब्समा नयाँ कार्यसमिति चयन

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्समा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए । यस्तै, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ , कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भए ।

२०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ ।

प्रतिक्रिया