गाई काटेको आरोपमा तीन जना पक्राउ

रुकुम पूर्व । रुकुम पूर्वमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । राष्ट्रिय जनावर गाई काटेको आरोपमा जिल्लाको भूमे गाउँपालिका– २ का ४४ वर्षका रानविर कामी, ३ का दम्पती वर्ष ५९ का सम्पती रोका र ५७ वर्षकी विनसरी रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिए ।

उनिहरुलाई गएराति पक्राउ गरिएको हो । भूमे गाउँपालिका– ६ स्थित खाराबाङ (लुकुम खोला पारितिर) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा उनिहरु पक्राउ परेको पाण्डेले बताए ।

गाई काट्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा उनिहरुले लडेर मरेको गाईलाई काटेको बताएका छन् । पक्राउ परेका तीनै जनालाई आज (सोमबार) रुकुमकोट जिल्ला अदालतमा पेश गरिएको छ ।

पाँच दिनको म्याद थप गरी अभियुक्तमाथि थप अनुसन्धान जारी राखिएको छ । काटेको गाइलाई भने सम्बन्धित निकायको रोहबरमा गाडिएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया