सभामुखलाई बैठक सञ्चालन गर्नै हम्मेहम्मे !

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधसभाको दोस्रो अधिवेशनको सुरुआत गर्नै सभामुख देवराज घिमिरेलाई हम्मेहम्मे परेको छ । बैठक विधिवत् सुरु गर्नुपूर्व अर्थात् राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र वाचन गर्न नपाउँदै नेमकिपा, नेकपा (एमाले) र स्वतन्त्र सांसदहरूले आकस्मिक समयको माग गरे । तर, सभामुख घिमिरेले बैठक विधिवत् रूपमा सञ्चालन गरेपछि बोल्न आग्रह गरे । सांसदहरूले सो आग्रह मानेनन् ।

राष्ट्रियगान बजिसक्न नपाउँदै सांसद प्रेम सुवालले समय लिन खोजेका थिए । त्यसपछि सभामुख घिमिरेले उनलाई बस्न अनुरोध गरे । “बैठकको औपचारिक सुरुआत हुन दिनुहोस् । बैठकमा प्रवेश गरेपछि तपाईंहरूले कुरा राख्न पाउनुहुनेछ,” उनले भने ।

त्यसपछि एमाले सांसद रघुजी पन्त र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि बोल्न समय मागे । उनीहरूले निरन्तर समय माग गरेका थिए । जवाफमा विधिवत् बैठक सुरु गरेपछि बोल्न समय उपलब्ध गराउने सभामुखले प्रतिबद्धता व्यक्त गरे । त्यसपछि बैठक औपचारिक रूपमा सुरु भएको छ ।

प्रतिनिधिसभा बैठक [LIVE]

प्रतिक्रिया