मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाका दलबहादुर कुुवरले जितेका छन् । आज बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुवंरले चार घण्टा ५४ मिनेट १० सेकेण्डमा पुरा गरी प्रथम भएका हुन् ।
४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेर बहादुर बुुढा तृतीय स्थान आउन सफल भएका कर्णाली खेलकुद क्लबका सचिव मधुुराज न्यौपानेले जानकारी दिए ।
यसैबिच ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर सोव बहादुर रावतले पाचौ स्थान प्राप्त गरेका छन् ।
महिला तर्फ मञ्जुु प्रथम
यसैगरी, महिलातर्फ छ घण्टा ६ मिनेट २३ सेकेण्डमा जुुम्लाकै मञ्जु रावत प्रथम, ६ घण्टा ५४ मिनेट २७ सेकेण्डभित्र पार गरी गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६सेकेण्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् ।
७ घण्टा ५५ मिनेट ३९ सेकेन्डममा सो दुरी पार गदै उमाकली बुढा चौथौ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसाबुुढा रोकायाले पाचौ स्थान प्राप्त गरिन् । प्रतियोगीताको उपाधि जित्ने पुुरुष, महिला सबै जुम्लाका हुन् ।
जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० खेलमा जुुम्लााबाट रारा हुटुुसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० जना मध्ये ५१ जना मात्रै रारा पुगेको जनाइएको छ । क्लबले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १ लाख , ७५ हजार ५० र चौथौ र पाँचौ हुने खेलाडी २०/२० हजार नगद सहित प्रमाणपत्र प्राप्त गने भएका छन् । म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाईमा दौडेका थिए । पुुरुस्कार मंगलबार बिहान रारातालको किनारमा कार्यक्रम गरि प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।
यसै बिच जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८०को अन्य छोटो दुरीका खेल प्रतियोगितामा गरेर ३ सय जना सहभागी भएका जनाईएको छ । कर्णालीको पर्यटन प्रवद्र्धनका लागी चौथौ रारा अल्टा म्याराथन सुुरु गरिएको हो ।
यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा टेवा पुुग्ने उदेश्य सहित हरेक बर्ष लोकतन्त्र दिवसको अवसरमा जुम्ला–रारा अल्ट्रा म्याराथुन गदै आएका र यो बर्षपनि आयोजना गरिएको आयोजकले जनाएको छ । यो संगै यस जुम्ला–रारा अल्ट्रा म्याराथुनमा अमेरीकाका २ ,भारतका १ आयरल्याण्ड १ र बेलायतका १ जना खेलाडीले भाग लिएका कर्णाली खेलकुद क्लब जुुम्लाले जनाएको छ ।
मुगु
प्रतिक्रिया