बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

बझाङ । बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो ।

जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र०२–००१ ख १११९ नम्बर बसको ठक्करबाट गम्भीर घाइते भएका बोहराको जिल्ला अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार बालकलाई ठक्कर दिने बस चालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरालाई नियन्त्रणमा लिइसकेको छ ।

दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ । पीडित परिवार तथा आफन्तले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया