किन विद्रोह गरे स्वर्णिम वाग्लेले ?

उपनिर्वाचनले ठूलै हलचल ल्याउने संकेत

नेपाली कांग्रेस दाजु–भाउजु तथा साला–सालीको इशारामा चलेका कारण आफ्ना लागि ठाउँ नभएकोले पार्टी परित्याग गर्नुपरेको डा.वाग्लेको भनाइ छ । डा.वाग्लेको यो भनाइ पुरै असत्य होइन । नेपाली कांग्रेसभित्र निर्णायक भूमिका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको भएको कुरा असत्य होइन । यसैगरी नेपाली कांग्रेसको निर्णय गर्ने ठाउँमा महामन्त्री गगन थापाको भन्दा सभापति देउवाका साला प्रदीप राणाको प्रभुत्व भएको कुरा पनि असत्य होइन । तर, विगतमा डा.वाग्लेले आरजु राणा र प्रदीप राणाकै फेरो समातेर कांग्रेसमा मह काढेको कुरा पनि असत्य होइन ।


विन्दुकान्त घिमिरे

विश्वासको मत पाएको डेढ सातापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका प्रचण्डले विशेष कारणबस तीन महिनाको यो अवधिमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुप¥यो । गत पुस २६ गते विश्वासको मत लिएका प्रचण्डले त्यसको डेढ सातापछि दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएपछि दोस्रोपटक विश्वासको मत लिन र तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री प्रचण्ड वाध्य भए ।

दुई महिनाको अवधिमा दुईपटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु र तीन महिनाको अवधिमा तीनपटक मन्त्रिपरिषद् पुनर्गठनको अवस्था आउनु भनेको राजनीतिक अस्थिरताको नमुना हो । अहिले गरिएको मन्त्रिपरिषद् विस्तारपछि राजनीतिक अस्थिरताको अध्याय सकियो कि बाँकी नै छ ? भन्ने प्रश्न यतिबेला ज्वलन्त बनेको छ । किनकी प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्थायित्व सक्छन् या सक्दैनन् भन्ने कुरा उनी स्वयंको नियन्त्रणमा छैन ।
पहिलो कुरा त प्रधानमन्त्री प्रचण्डले यसपटक नौ वटा राजनीतिकदललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसमध्ये एउटा पार्टीले समर्थन फिर्ता लिनासाथ प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । सुरुआती चरणमै जनमत पार्टीले प्रचण्डका लागि अशुभ संकेत गरिसकेको छ । दोस्रो कुरा मन्त्रिपरिषद् विस्तारपछि सत्तामा सामेल सबै पार्टीहरूमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ । यो असन्तुष्टिले कतिपय साना पार्टीहरू विभाजित हुने संभावना पनि उत्तिकै छ । सत्तामा सामेल पार्टीमध्ये कुनै एउटा पार्टी विभाजित भयो भने पनि प्रधानमन्त्री प्रचण्डले एक महिना भित्रै विश्वासको मत लिनुपर्ने हुन्छ ।

कुवेर शर्मा पञ्चायतकालमै कांग्रेस वृत्तका चर्चित हस्ती थिए । पञ्चायती व्यवस्था ढलेर बहुदल आयो भने नेपाली कांग्रेसभित्र कुवेर शर्माबाहेक अर्थमन्त्री बन्ने अर्को व्यक्ति नभएको चर्चा त्यतिबेला हुने गथ्र्यो । अर्बपति शर्माले बौद्धिक रूपमा मात्रै होइन आर्थिक रूपमा पनि नेपाली कांग्रेसलाई भरथेग गरेका थिए । उनी सभापति कृष्णप्रसाद भट्टराईका अत्यन्त विश्वासपात्र थिए । ०४८ सालको आमनिर्वाचनमा कुवेर शर्माले सप्तरीबाट चुनाव जिते । डा.रामशरण महत नुवाकोटबाट चुनाव हारे । यस्तो अवस्थामा कुवेर शर्मा निर्विकल्प अर्थमन्त्री बन्नुपर्ने थियो । तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विदेशमा पढिरहेका महेश आचार्य नाम गरेका एक जना विद्यार्थीलाई बोलाएर अर्थमन्त्री बनाइदिए ।

तेस्रो कुरा मन्त्रिपरिषद् विस्तारलाई लिएर नेपाली कांग्रेसभित्रको असन्तुष्टि चुलिएको छ । मन्त्रीहरूको नाम सिफारिस गर्दा अधिनायकवादी चरित्र देखाएको, एकलौटी गरेको आरोप सभापति शेरबहादुर देउवामाथि लागेको छ । देउवामाथि लागेको यो आरोप कति सही हो ? कति मनगढन्ते हो ? भन्ने प्रश्न पनि त्यतिकै पेचिलो छ । तर सत्ता घटकको सबैभन्दा ठूलो पार्टी भएका कारण नेपाली कांग्रेसभित्र उत्पन्न हुने विवादले प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो पार्ने कुरामा भने दुई मत छैन ।

चर्चित युवा नेता स्वर्णिम वाग्ले प्रकरणले कांग्रेस भित्रको राजनीतिलाई तरल बनाइसकेको छ । सधँै शुभलाभ प्राप्त गरिरहेका युवा नेता वाग्लेले नेपाली कांग्रेसबाट किन विद्रोह गरे ? उनको रिमोन्ट कन्ट्रोलर कहाँ छ ? वाग्लेको यो विद्रोहले आगामी वैशाख १० गते तीन वटा क्षेत्रमा हुन गइरहेको उपनिर्वाचनलाई के कसरी प्रभावित बनाउला ? भन्नेले यतिबेलाको राजनीतिलाई थप तातो बनाएको छ ।

संयोग मात्रै होइन

नेपाली कांग्रेसले मन्त्री बन्नेहरूको सूची तयार गर्नु र युवा नेता डा.वाग्लेले नेपाली कांग्रेस पार्टी परित्याग गर्नु सँगै परेको छ । यी दुवै घटना एकैचोटी पर्नु संयोग मात्रै पनि होइन । नुवाकोट जिल्लामा लामो समयदेखि चल्दै आएको महत परिवार र केसी परिवारबीचको टकरावको परिणामले पनि केही हदसम्म असार देखाएको छ ।

नेपाली कांग्रेसमा डा.महत परिवार निर्विकल्प बन्नुको मुख्य कारण आर्थिक क्षेत्रको गहन ज्ञान हो । दाइ डा.रामशरण महत र भाइ डा.प्रकाशशरण महत नेपाली कांग्रेसको राजनीतिमा मात्रै होइन अर्थशास्त्रको विषयमा समेत अब्बल मानिन्छन् । डा.महत दाजुभाइलाई काउन्टर दिन अर्जुननरसिंह केसी तथा गगन थापा समूहले स्वर्णिम वाग्लेलाई अघि सारेको थियो । तर, सभापति शेरबहादुर देउवाले महतको विकल्पमा डा.वाग्लेको प्रवेशलाई रुचाएको देखिएन ।

यता सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको तर्फबाट आठ जनाको नाम सिफारिस गर्दै गर्दा इतर पक्षका दुई जनालाई मात्रै समेटे । जसमध्ये एक जना धनराज गुरुङ र अर्का एक जना डिगबहादुर लिम्बू हुन् । बाँकी ६ जना सभापति देउवा पक्षधर हुन् । इतर पक्ष विभाजित भएका कारण सभापति देउवाले एकलौटी गर्ने अवसर पाएका हुन् । कांगे्रेसको इतर पक्षीय राजनीतिमा डा.शेखर कोइराला र महामन्त्री गगन थापाबीच राम्रो सम्बन्ध छैन । डा.कोइरालाले कुनै भागबण्डा नलिने घोषणा गरिसकेका थिए ।

यता महामन्त्री गगन थापाले डा.महतलाई मन्त्री बन्न रोक्नेबाहेक अरू रणनीतिमा ध्यान दिएनन् । तर यो रणनीति गगन थापा स्वयंका लागि प्रत्युत्पादक बन्यो । इतर पक्षबाट मन्त्री बनेका गुरुङ र लिम्बु दुवै जना महामन्त्री गगन थापासँग नजिक छैनन् । संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध चुनाव लड्दा गुरुङ र लिम्बूले साथ नलिएको गुनासो गगन थापाले कुनै शक्ति केन्द्रमा पुगेर गरेको चर्चाले त्यतिबेला निकै ठाउँ पाएको थियो । यता गत आमनिर्वाचनमै गगन थापालाई घण्टी कांग्रेसको आरोप लागेको थियो । स्वर्णिम वाग्लेको पलायनसँगै गगन थापामाथि लागेको यो आरोप पुष्टि हुने पनि कतिपयको धारणा छ ।

डा. वाग्लेको रहस्यमय बहिर्गमन

कांग्रेसका युवा नेता एवं चर्चित अर्थशास्त्री डा.वाग्लेले गत बिहीबार एकाएक नेपाली कांग्रेस परित्याग गरे । नेपाली कांग्रेस दाजु–भाउजु तथा साला–सालीको इशारामा चलेका कारण आफ्ना लागि ठाउँ नभएकोले पार्टी परित्याग गर्नुपरेको डा.वाग्लेको भनाइ छ । डा.वाग्लेको यो भनाइ पुरै असत्य होइन । नेपाली कांग्रेसभित्र निर्णायक भूमिका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको भएको कुरा असत्य होइन । यसैगरी नेपाली कांग्रेसको निर्णय गर्ने ठाउँमा महामन्त्री गगन थापाको भन्दा सभापति देउवाका साला प्रदीप राणाको प्रभुत्व भएको कुरा पनि असत्य होइन । तर, विगतमा डा.वाग्लेले आरजु राणा र प्रदीप राणाकै फेरो समातेर कांग्रेसमा मह काढेको कुरा पनि असत्य होइन ।

नेपाली कांग्रेसभित्र तथा मुलुकको जनअधिकारका लागि भएका आन्दोलनहरूमा डा.वाग्लेको भूमिका शून्य बराबर छ । विदेशमा जागिर खाएर बसेका डा.वाग्लेलाई नेपाल बोलाएर सिधै राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनाइदिएको डा.आरजु राणाले नै हो । नेपाली कांग्रेसभित्र विज्ञ तथा अर्थशास्त्रीहरू नभएका कारण वाग्लेले त्यो अवसर पाएका होइनन् । नेपाली कांग्रेसका स्वर्णिम वाग्ले जत्तिका विज्ञहरू सयौँ होइन हजारौँ छन् । जसले जीवन हत्केलामा राखेर पार्टी तथा लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका पनि छन् ।

तर, पार्टीप्रति कर्तव्यनिष्ठ तथा बुद्धीनिष्ठहरूलाई पन्छाएर स्वर्णिम वाग्लेलाई अवसर दिनु गल्ती रहेछ भन्ने महसुस सभापति देउले गरे । देउवाको यो महसुससँगै वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका हुन् । पार्टी सभापति देउवाले डा.महतलाई बढी विश्वास गरेकै कारण डा.वाग्ले कांग्रेसबाट बाहिरिएको कुरा सत्य हो । तर, वाग्लेको बहिर्गमनले कांग्रेसलाई के कस्तो असर पु¥याउँला ? भन्ने प्रश्नले धेरैको ध्यान तानेको छ । यसको नतिजा थाहा पाउन अब धेरै दिन पर्खनुपर्ने अवस्था छैन । किनकी आगामी वैशाख १० गते हुन गइरहेको निर्वाचनमा डा. वाग्ले तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिएर चुनाव लड्दै छन् । उनको जित र हारले कांग्रेस भित्रको आन्तरिक राजनीतिलाई धेरै हदसम्म प्रभावित पार्नेछ ।

नयाँ कुबेर शर्मा

स्वर्णिम वाग्ले नेपाली कांग्रेसबाट बहिर्गमित हुने परिस्थिति उत्पन्न हुनुमा महामन्त्री गगन थापाको भूमिका पनि निकै ठूलो छ । तर, कांग्रेसभित्र रहँदा गगन थापाले डा.वाग्लेलाई जसरी खुलेआम च्यापेका थिए, कांग्रेसबाट बाहिर गएपछि पनि त्यसरी नै च्याप्न संभव छैन । संभव हुँदैन पनि । किनकी यस्ता घटना तथा विवादहरू नेपाली कांग्रेसमा नयाँ होइनन् विगतमा थुप्रैपटक यस्ता विवाद तथा घटनाहरू हुने गरेका छन् ।

उदाहरणका लागि कुवेर शर्मा प्रकरणलाई लिन सकिन्छ । कुवेर शर्मा पञ्चायतकालमै कांग्रेस वृत्तका चर्चित हस्ती थिए । पञ्चायती व्यवस्था ढलेर बहुदल आयो भने नेपाली कांग्रेसभित्र कुवेर शर्माबाहेक अर्थमन्त्री बन्ने अर्को व्यक्ति नभएको चर्चा त्यतिबेला हुने गथ्र्यो । अर्बपति शर्माले बौद्धिक रूपमा मात्रै होइन आर्थिक रूपमा पनि नेपाली कांग्रेसलाई भरथेग गरेका थिए । उनी सभापति कृष्णप्रसाद भट्टराईका अत्यन्त विश्वासपात्र थिए ।

०४८ सालको आमनिर्वाचनमा कुवेर शर्माले सप्तरीबाट चुनाव जिते । डा.रामशरण महत नुवाकोटबाट चुनाव हारे । यस्तो अवस्थामा कुवेर शर्मा निर्विकल्प अर्थमन्त्री बन्नुपर्ने थियो । तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विदेशमा पढिरहेका महेश आचार्य नाम गरेका एक जना विद्यार्थीलाई बोलाएर अर्थमन्त्री बनाइदिए । कुवेर शर्मा नेपाली कांग्रेस परित्याग गरेर हरियाली नेपाल पार्टीमा ज्वाइन गरे । कांग्रेस परित्याग गरेको भोलिपल्टदेखि कुवेर शर्मालाई दर्शन भेट दिने हिम्मतसमेत कृष्णप्रसाद भट्टराईले राखेनन् ।

त्यसैले अहिलेको परिस्थिति पनि त्यही हो । अब स्वर्णिम वाग्लेलाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटघाट तथा संवाद गर्न सजिलो छैन । वाग्लेको बहिर्गमनपछि गगन थापाको समूहमा पनि मतभेद उत्पन्न भएको छ । गगन थापाका एक थरी समर्थक वाग्लेको खिलापमा उत्रिइसकेका छन् भने अर्काथरी पर्ख र हेरको अवस्थामा अर्थात तैं चुप मै चुपको अवस्थामा छन् । तर वाग्लेको बहिर्गमनले कांग्रेसभित्र युवा वर्गको आकर्षणलाई भने नकारात्मक प्रभाव पार्ने कुरा सत्य हो ।

उपनिर्वाचनले गर्ने छिनोफानो

आगामी बैशाख १० गते तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं ३ मा उपनिर्वाचन हुन गइरहेको छ । सरसर्ती हेर्दा यी तीन वटा क्षेत्रमा हुन गइरहेको उपनिर्वाचनको परिणामले प्रतिनिधिसभा भित्रको जोड घटाउमा केही पनि तलमाथि पार्दैन । किनकी यी तीनै वटा क्षेत्रमा चुनाव जिते पनि नेकपा एमाले संसद्को सबैभन्दा ठूलो पार्टी बन्दैन । यी तीनै वटा क्षेत्रमा चुनाव जिते पनि राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दलको हैसियतबाट माथि उठ्न सक्दैन । माओवादी केन्द्रले त यी तीन वटै क्षेत्रमा उम्मेदवार उठाएको छैन । नेपाली कांग्रेसले पनि दुई वटा क्षेत्रमा मात्रै उम्मेदवार अघि सारेको छ ।

प्रतिनिधिसभा भित्रको जोड घटाउमा कुनै असर नपारे पनि यो उपनिर्वाचनको परिणामले दिने राजनीतिक संकेत भने निकै नै ठूलो छ । लगभग आमनिर्वाचनकै हाराहारीमा यो उपनिर्वाचनको परिणामले राजनीतिक संकेत दिनेछ । किनकी बारा क्षेत्र नं २ को उपनिर्वाचनमा उपेन्द्र यादव पराजित भए भने जसपाको राजनीति करिबकरिब समाप्त हुन्छ । चितवन क्षेत्र नं २ मा रवि लामिछाने पराजित भए भने राष्ट्रिय स्वतन्त्र पार्टी करिबकरिब समाप्त हुन्छ । तनहुँ क्षेत्र नं २ मा एमालेको सहयोगविनै स्वर्णिम वाग्लेले चुनाव जिते भने नेपाली कांग्रेस समाप्तीको दिशातिर तीव्र गतिमा ओरालो लाग्छ ।

चितवन क्षेत्र नं २ मा नेपाली कांग्रेसले यसपटक स्थानीय युवा नेता जीतनारायण श्रेष्ठलाई अघि सारेका कारण रवि लामिछानेमाथि चुनौती थपिएको छ । विगतमा भोजपुरबाट ल्याइएका व्यवसायी उमेश श्रेष्ठसँग चुनाव लड्नु र यसपटक भाषणबाज स्थानीय नेता जीतनारायण श्रेष्ठसँग चुनाव लड्नु रवि लामिछानेका लागि उस्तै होइन । तर चितवनमा अझै पनि रवि लामिछानेको क्रेज घटेको छैन । विगतको जस्तो ठूलो मत अन्तर नपरे पनि चुनाव भने लामिछानेले नै जित्ने आँकलन चितवनबासीको छ । तर रात रहे, अग्राख पलाउँछ भन्ने उखान नै छ, त्यसैले यसै हुन्छ भन्न सकिने अवस्था छैन ।

यता स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चासँगै तनहुँ क्षेत्र नं १ ले राष्ट्रिय राजनीतिको ध्यान केन्द्रित गरेको छ । वाग्ले ६ महिना यताको राष्ट्रिय राजनीतिको अत्यन्त चर्चित पात्र हुन् । गत आमनिर्वाचनमा युवा मतदाताबीच रवि लामिछानेको जुन स्तरको क्रेज थियो, त्यही स्तरको क्रेज यतिबेला डा.स्वर्णिम वाग्लेको छ । तर डा.वाग्लेको भविष्य के हुन्छ ? भन्ने आँकलन अहिले नै गर्ने बेला भइसकेको छैन । यदि काठमाडौं, चितवनलगायत सहरी निर्वाचन क्षेत्र हुन्थ्यो भने वाग्लेलाई चुनाव जित्न कुनै ताकतले छेक्न सक्दैनथ्यो । तर, तनहुँ क्षेत्र नं १ मा बाहिरबाट बसाइँसराइ गरेर आउनेहरूको संख्या छँदै छैन भने पनि हुुन्छ । त्यसमा पनि नेपाली कांग्रेसले अघि सारेका उम्मेद्वार गोविन्द भट्टराई माथि कुनै पनि कोणबाट खोट लगाउने ठाउँ छैन ।

पहिलो कुरा त गोविन्द भट्टराई स्थानीय हुन् । दोस्रो कुरा उनको राजनीतिक निरन्तरता धेरै लामो छ । तेस्रो कुरा पिएचडीको उपाधी नभए पनि व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिक शास्त्रलगायत पाँच वटा विषयमा स्नातकोत्तर गरेका विद्वान युवा नेता हुन्, गोविन्द भट्टराई । त्यति मात्रै होइन नेपाली कांग्रेसभित्र ४० वर्ष लामो योगदान पु¥याएका भट्टराईले प्रतिनिधिसभा सदस्यपदका लागि टिकट पाएको यो पहिलोपटक हो । त्यसैले भट्टराईको विरुद्ध आफ्नो उम्मेद्वारीलाई पुष्टि गर्न स्वर्णिम वाग्लेका लागि मुख्य चुनौती छ ।

तर, गत आमनिर्वाचनको समानुपातिक तर्फको मत विश्लेषण गर्ने हो भने तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको हैसियत कमजोर छैन । गत आमनिर्वाचनमा नेपाली कांग्रेसको २० हजार, एमालेको १६ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १२ हजार, माओवादी केन्द्रको सात हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीको आठ सय मत देखिन्छ ।

प्रतिक्रिया