पत्रकार महासंघ कालिकोटले ६८औँ स्थापना दिवस मनायो

कालिकोट । नेपाल पत्रकार महासंघ कालिकोट शाखाले महासंघको ६८औँ स्थापना दिवस भब्यरुपमा मनाएको छ ।महासंघको स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कालिकोट शाखाले स्थापना दिवसको अवसरमा प्रभातफेरी गरेको हो ।

सदमुकाम मान्मको प्रतिमाचोकवाट सुरु भएको र्याली जिरोपैन्टहुदै हिमचुली कृषि सहकारीको सहभाहलमा पुगेर समारोहमा परिणत गराएर समापन गरिएको थियो । नेपाली पत्रकारहरुको छाता संगठन महासंघको स्थापनाको ६८ वर्ष पुगेको अवसरमा कालिकोट शाखाले दिवस बनाएको हो ।

सो अवसरमा विभिन्न निकायले शुभकामना दिएका छन् । अवसरमा महासंघ कालिकोटले आयोजना गरेको कार्यक्रममा पत्रकार तथा प्रेस चौतारीका कर्णाली प्रदेश महासचिव प्रेम सिम्खाडा, मिडिया उद्यमी तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रत्न कार्की, नागरिक समाजका दमनराज बम, जिल्ला बारका अध्यक्ष अमलराज शाही, सान्नित्रिवेणी– ३ का अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता रंगलाल देवकोटा, राप्रपाका अध्यक्ष धन ब बटाला, माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य सरोज बोगटी (बिपिन) एमाले कर्णाली प्रदेश कमिटी सदस्य खडानन्द चौलागाईँ, कांग्रेस जिल्ला कमिटी सदस्य सविन विष्ट, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटा लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रममा शुभकामना दिँदै पत्रकार महासंघ प्रदेश अध्यक्ष देविराम देवकोटाले मर्यादित पत्रकारिता भए श्रम अधिकारका लागि लड्ने संस्था भएको बताए । शुभकामना दिँदै प्रमुख जिल्ला अधिकारी जोरासिह माझिले पत्रकारहरूको पेसागत सुुरक्षामा गम्भिर हुने भन्दै मर्यादीत पत्रकारिता र गलत प्रवृतिविरूद्ध सशक्त प्रतिपक्ष हुन आग्रह गरे ।

प्रमख जिल्ला अधिकारी जोरासिंह माझीले सञ्चार जगतले कालिकोटको विकासको साझेदार बनेको बताए । २०१२ साल चैत १६ गते तत्कालिन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईसहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचडाब पार गरेर ६७ वर्ष पूरा गरेको छ ।

पत्रकार प्रेमराज सिम्खाडाले पत्रकारीताको भावना र मर्म अहिले पनि पूरा हुन नसकेको बताए । कार्यक्रममा कान्तिपुरकर्मी पत्रकार महासंघ कालिकोटका सल्लाहकार तुलाराम पाण्डेले पत्रकार हकहित र पेशागत सुरक्षाका लागि महासंघ बनेको र त्यसमा निरन्तर लाग्नु पत्रकारको भूमिका रहेको बताए ।

रेडियो प्रदेश आवाजका अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य रत्न कार्कीले आज पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना भइरहेको र पत्रकारको भौतिक र पेशागत सुरक्षाको चुनौती रहेको तथा त्यसले नागरीकको अभिव्यक्ति स्वतन्त्रता कुन्ठीत बनेको भन्दै जनआन्दोलनमा सात दल एकातर्फ एक मिडियाको बराबर भूमिकाबाट परिवर्तन आएको बताए ।

विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी र विभिन्न संगठनमा आवद्ध पत्रकार, राजनीतिक दल, कार्यालय प्रमुखको सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले एकआपसमा मैत्रीपूर्ण सम्बन्ध सुधार गर्ने, समाज परिवर्तन गर्नका लागि हरेक पत्रकारको अहम भूमिका रहेको बताए ।

साथै, विष्टले हरेक निकायलाई भष्ट्राचारविरुद्ध खवरदारी गर्दै समाज रुपान्तरण गर्नका लागि सबै पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताए । पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए । पत्रकार महासंघ कालिकोटकी उपाध्यक्ष राधिका बरालले अतिथिहरुलाई स्वागत मन्तब्यमार्फत स्वागत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख आतिथिसमेत रहेका जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीले पत्रकारहरुको ठूलो देन र त्यागले समाजमा सूचना प्रवाह हुनुका साथै नागरिकहरुको अधिकारका बारेमा जानकार बनाएको बताए ।

उनले हरेक नागरिकहरुले रेडियो पत्रपत्रिका सुनेर, पढेर नै धेरै कुरामा जानकार भएकाले अबका दिनमा पत्रकार महासंघ तथा अन्य पत्रकारहरुले समाज रुपान्तरणका लागि अझै सक्रिय भएर लाग्न अनुरोध गरे ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया